मुलुकका विद्यालय तगडा नभैकन मुलुक तगडा हुँदैन । त्यसैले देश बदल्ने हो भने स्कुलहरु बदलौँ, शिक्षकहरु बदलौँ, पाठ्यक्रम बदलौँ, पढ्ने पढाउने तरीका बदलौँ देशका कुनै पनि बालबालिकाले स्कुल जान बाट बञ्चीत हुनु नपरोस् भनेर देशका प्रधानमन्त्री देखि मन्त्रीहरुले समेत अभियान नै चलाएर पढ्ने क्षमता नभएका बालबालिकहरुलाई टिपेर विद्यालयमा भर्ना समेत गराए तर त्यसरी भर्ना गरिएका मध्ये कयौ बालबालिकाहरु स्कुल जानै छाडी सके ।
एउटा सशक्त बिषय जब हल्का र कसै कसैका लागि केवल प्रचार गर्ने बिषय बन्छ, त्यसपछि यसले दिने परिणाम यस्तै हो । दोस्रो विश्वयुद्धसम्म नेपाल र जापान विकास र गरीबिका हिसाबले उही ड्याङका मुला थिए । दोस्रो विश्व युद्धपछि सर्वस्व सकिएको जापानका नेताले, नीति निर्माताले पहिलो प्राथमिकता शिक्षालाई दिए ।
आज जापन र नेपालको विकासको तुलना गर्ने हिम्मत हैसियत कसैको छ ? छैन । जापान विकासको चरम चुलीमा पुग्नु र नेपाल भ्रष्टाचार र वेथितीको चरम चुलीमा पुग्नुमा जनताको हात वा दोष छ ? गरिब नेपाली जनताले नेपालको हालत यस्तो बनाइदिएका हुन ? होइनन् ?
कसले गर्यो त यो सब ? जापान त्यस्तो र नेपाल यस्तो कसले बनायो ? नेताले, लिडरले राजनीतिज्ञले नीति निर्माताले । दोस्रो विश्व युद्धपछि सर्वस्व सकिएको जापानका नेताले, नीति निर्माताले पहिलो प्राथमिकता शिक्षालाई दिए । देशमा सबैभन्दा राम्रो सुविधा सम्पन्न कुनै भवन देखिन्थ्यो भने त्यो स्कुल नै हुन्थ्यो ।
मिठो खान र राम्रो लाउन पाउने ठाँउ स्कुल नै हुन्थ्यो । जापानका हरेक बच्चाहर घरमा भन्दा स्कुलमा रमाउन थाले । सबका सब स्कुल आउने भएपछि नीति निर्माताहरुले पाठ्यक्रमको तरिका, शिक्षकको योग्यता को गज्जबको मापदण्ड तयार पारे ।
२०-२२ वर्षमा जापानमा संस्कार सहितका शिक्षित जनशक्ति र पढाईमा कमजोरहरुबाट चाँही शुद्ध हस्त प्राविधिक तयार भए कि दोस्र्रो विश्वयुद्धमा खसेको बमको असरले आज सम्म पनि दुबो समेत नउम्रने देश, विकासमा समृद्धीमा, स्वाभिमानमा अग्लो बन्यो । एक जना माननिय मन्त्री ज्युलाई त म्याक बुक अन गर्न पनि आएन रे ।
नेताको नियत शही र शिक्षाको गुणस्तरमा एक इन्च कम्प्रोमाइज नगर्ने हो भने आँखै अगाडि यो देशको काया पलट हुन्छ । कम्युटर खोल्नै नजान्ने, चलाउनै नजान्ने मन्त्रीहरुलाई पेपरलेश क्याविनेटका नाममा गलपासो बनाएर म्याक बुक दिदा नराम्रो त केही भएन तर यी म्याकवुकहरु बादरको पुच्छर लौरो न हतियार नबनुन्, शुभकामना । एक जना माननिय मन्त्री ज्युलाई त म्याक बुक अन गर्न पनि आएन रे ।
समस्या मन्त्रीहरुले बोक्न सुरु गरेको म्याक बुकमा छैन । समस्या त जनताले पढ्न नपाएको कोर्स बुकमा छ । समस्या घोकन्ते विद्या पढाएर जसरी पनि पास हुनैपर्ने बेतुकको दौडमा छ जहाँ स्कुल पास भएका कयौ विद्यार्थी जीवनमा फेल भईरहेकाछन् ।
https://www.youtube.com/watch?v=cudyDdCXJ2s
तराई मधेसका विरगञ्ज,जनकपुर, भैरवहा, नेपालगञ्ज र अन्य सिमावर्ती गाँउ टोल बस्तीका जीरो पुर्वाधार भएका स्कुले बालबालिकाले कस्तो किताब पढिरहेका छन्, कसले पढाइरहेको छ र कसरी पढाईदै छ ? गम्भीर रुपले हेर्ने कोही छैन ? गरिबका सन्तानले कस्तो हालतमा कस्तो स्कुलबाट पढेर हुर्किनु परेको छ ?
छ कोही सोच्ने ? दुर्गम, हुम्ला, जम्ला, कालिकोट,मुगुमा खाली खुट्टा, दश ठाँउ फाटेको लुगा लगाएर, आधा पेट खाएर, सुकुल ओछ्याएको र बर्खामा तर्तरी छानो चुहिने स्कुलमा पढ्ने बालबालिकाले काठमाडौंको रातो वंगला, युलियन्स, लिंकन स्कुल, व्रिटिश स्कुल, लिटल एन्जल्स, जेम्स जस्ता स्कुलका विद्यार्थीसँग प्रतिष्पर्धा गर्नु पर्ने ?
देशका हरेक स्कुलको पढाई, पुर्वाधार, शिक्षक, पाठ्यक्रम र सुविधा लिंकन, रातो वंगला, युलीयन्स, व्रिटीश स्कुल जस्तो बनाउन नसकिने हुँदै होइन । सकिन्छ, मज्जाले सकिन्छ । नीति निर्माताले वृद्धिको विर्को खोल्नु पर्यो । शैक्षिक गुणस्तका हिसाबले तगडा तगडा स्कुल कलेज र युनिभर्सिटीका प्रोडक्टहरु यो देशका राजनीतिको मुल धारमा आएका भए दुर दराजका विधार्थीको भविष्य पनि यो मुलुकमा सुरक्षित पार्न केही बाल्नै पर्दैनथ्यो ।
स्कुल, कलेजमा सधै पछि परेका मानिसले देश चलाएर सिंगै देश पछि परेको त होइन ? राम्रो स्कुल पढ्न र जीवनमा केही बनेर देखाउन धनी आमा बाबुको कोखमा जन्मनु बाहेक अर्को विकल्प छैने भने मान्नुहोस समाज गलत बाटोमा छ । मन्त्री परिषद पेपरलेस भैरहँदा देशका स्कुलहरु छानोलेश छन्, शिक्षकलेस छन्, किताबलेस छन्, कापीलेस छन्, कलमलेश छन् ।
दुर दराजका एक दुई विद्यार्थीहरु देशका ठुला डक्टर, इन्जीयिनर, मन्त्री, प्रधानमन्त्री हुनु चाही अपवाद हो, त्यसमा डिस्कस नगरौँ । मन्त्री परिषदको मिटिङ पेपरलेश, डिजिटल र म्याकबुकसहित त के अर्को मिटिङ मंगल ग्रहमै गरेपनि आपत्ती छैन तर मन्त्री परिषद् पेपरलेस भैरहँदा देशका स्कुलहरु छानोलेश छन्, शिक्षकलेस छन्, किताबलेस छन्, कापीलेस छन्, कलमलेश छन् ।
विद्यार्थीहरु जुत्तालेश छन्, सर्टलेस छन्, पाइन्टलेस छन् र कोही कोही त लाज छोक्ने कट्टु लेस छन् । अविभावकहरु राम्रो स्कुल पढाउन मनिलेस छन्, भरे के खाने थाहा नपाएर फु्डलेस छन् । बाढीले बगाएको र भुकम्पले ढलाएको घर नउठ्दा बनाउन नसक्दा होमलेस छन् । कारण अधिकांश नीति निर्माताहरु सेन्सलेस छन् ।
rmkhabar







