सिधा कुरा जनता संग कार्यक्रमको चर्चा कति छ भन्ने कुरा सबैलाई थाहा छ। धेरै भन्दा धेरै मानिसहरु यो कार्यक्रम संग जोडिन चाहन्छन। तर केहि मानिसहरु सिधा कुरा जनता र न्युज २४ टिभीकै नाममा गलत फाइदा उठाउने समेत गरेको पर्दाफास यस अघि पनि भैसकेको छ। यस पटक फेरि यस्तै एउटा घटना दोहोरिएको छ। सिधा कुरा जनता कार्यक्रमको नक्कली आइडी बनाएर आफुलाई न्युज टिभीको सिआइडि भन्दै एक होटलमा छापा हान्न जाने एक व्यक्तिलाई प्रहरीले समातेको हो।
आफुलाई सिआइडि भन्दै रक्सीले मातेर नक्कली आइडि बोकेर राती एक बजे सोह्र्रखुट्टेस्थीत फेवा होटलमा छापा हान्न पुगेका थिए। होटल सञ्चालकलाइ ति व्यक्ति माथि संका लागेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल पुगेको प्रहरीले छापा हान्न जाने व्यक्ति माथि सोधपुछ गर्दा ति व्यक्ति धाक धम्की दिएर फाइदा उठाउने उदेश्यले सिधाकुरा जनतासँगको नक्कली परिचय पत्र बोकेर हिडेको कुरा खुलेको थियो।
नक्कली परिचय पत्र बोकेर धम्कि दिन हिड्ने व्यक्ति अरु कोहि नभएर महादेव त्रिपाठी भनिने हास्य कलाकार रहेछन। प्रहरीले नियन्त्रण सिधा कुरा जनताका रविले यस बारेमा सोधपुछ गर्दा आफुले ठुलो गल्ति गरेको भन्दै स्वीकार गरेका थिए। आफु अन्य काममा पुगेको बेला प्रेस पास बन्दै गरेको देखेपछि आफुले पनि एउटा बनाएको उनले बताएका थिए।
नक्कली प्रेस पास बनाउने साइबर पसल बागबजारमा भेटियो। जहाँ नक्कली प्रेस पास को स्याम्पल समेत भेटिएको थियो। न्युज २४ को नक्कली प्रेस पास मा नक्कली छाप समेत हानेर जस्ताको तस्तै तयार पारिएको थियो।
https://www.facebook.com/janatakasidhakura/videos/1814047921975140/?t=97







