
विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले चलाएको एकीकृत जनजागरण अभियान अन्तर्गत कालिकोटबाट दर्जनाै स्थानीय नेता कार्यकर्ता विप्लव नेकपामा ध्रुवीकृत भएका छन् ।
सदरमुकाम मान्माबाट विभिन्न पार्टी परित्याग गरी ३१ जनाले विप्लव नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका हुन् ।
कालिकोट ४ मान्मामा आयोजित एक कार्यक्रमका बिच नेकपा कर्णाली व्युरो सदस्य विराटले उनीहरुलाई स्वागत गरेका थिए । त्यस्तै कार्यक्रममा रमेश र जिल्ला सेक्रेटरी रणदिपको विशेष उपस्थिति रहेको थियो । पार्टी प्रबेश गर्नेहरु पूर्व माओवादी केन्द्र र पूर्व एमालेका कार्यकर्ता हुन् ।
प्रबेश गर्नेहरुमा रणबहादुर, जित बहादुर विक, विर्ख बहादुर विक, दान विक, कवि गोरेत, विरेन्द्र बिक, कमल विक,छत्र विक, भैरब विक, तपेन्द्र विक, कर्ण विक, सौरब विक, मान विक, प्रकाश विक, पदम विक, उपेन्द्र विक, चक्र विक, भद्र विक लगायत ३१ जना रहेका छन् ।
पछिल्लो समय माओवादी केन्द्र एमालेमा विलय भएपछि सो पार्टीमा रहेका क्रान्तिकारीहरु नेकपामा प्रबेश गर्ने क्रम बढेर गएको छ । कार्यक्रममा सामना परिवारले सांगीतिक कार्यक्रम प्रस्तुती गरेको थियो ।







