पछिल्लो समय ‘बोल माया’ काे अपार सफलतापछि धेरैको लोकप्रिय बनेकी गायिका शान्ती श्री परियारको आर्को सामाजिक सन्देश बोकेको उत्कृष्ट तिज गित ‘छोरी’ युट्युबमा आएको छ ।

उनको यो तिज गित पनि स्रोताहरुले अत्याधिक मनपराएका छन् । युट्युबमा राखिएको २४ घण्टामै करिब साढे एक लाख दर्शकले हेरिसकेका छन् ।

शान्ति श्री परिवारको आवाजमा रहेको छोरी गीतले समाजको लैङ्गीक विभेदका बिरुद्दको शसक्त आवाज बुलन्द गरेको छ। छोरी जन्मिदा नाक खुम्च्याउने समाजलाई सोच्नै पर्ने बनाएको छ ।

आफ्नै स्वर, शब्द, लय र अभिनय रहेको उक्त गितले गायिका परियारको बहुक्षमताको प्रस्तुति हेर्न पाइन्छ । उनि संग सुरिलो आवाज त छँदैछ, शब्द चैन देखि लय सङ्कलन सम्म आफु अब्बल भएको प्रमाणित गरेकी छन् । शव्द सिर्जनामा नारायण भुजेलले साथ दिएका छन् ।

त्यस्तैगरि सुन्दर रुपभएकी  गायिका परियारको दमदार अभिनयले अझ सुनमा सुगन्ध थपेको छ ।

गायिका परियारलाई अभिनयमा लक्ष्मी गिरी, रितु श्रेष्ठ, हरिशरण रिजाल र खेम घर्तिले साथ् दिएका छन् भने म्युजिक भिडियोलाई दिपेन्द्र तिमिल्सीनाले निर्देशन गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार