राजविराज। सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्नुभएको छ । उहाँले करीब रु पाँच करोड मूल्य बराबरको जग्गा दान गर्नुभएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ भवन निर्माणको उद्देश्यले आफ्नै नाममा रहेको १० कट्ठा जग्गा दान गर्नुभएको हो । पहिलेदेखि सञ्चालनमा रहेको नगरपालिकाको कार्यालय कृषि सेडमा सञ्चालन हुँदै आएको थियो ।
उक्त स्थानमा सेवाग्राहीअनुसार ठाउँ नरहेकाले जनतालाई सुविधा हुने गरी बजारमै नयाँ कार्यालय भवन निर्माण होस् भनेर उहाँले आफ्नै जग्गामा नगरपालिका भवन निर्माण गर्न लागिएको बताइएको छ ।
यो पनि पदह्नुहोस:
नेकपाका प्रवक्ता नारायणकाजीले ओलीलार्इ थर्काउदै तेर्साए यस्तो प्रश्न, बालुवाटारमा खैलाबैला !
काठमाडौँ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली नेतृत्वको सरकारमा माथि गम्भीर प्रश्न तेस्राएका छन्।उनले कामलार्इ लिएर ओली नेतृत्वको सरकारमा माथि प्रश्न तेर्साएका हुन्। उनले आफ्नो समाजिक संजाल फेसबुक र ट्वीट मार्फत सरकार माथि प्रश्न उठाउँदा ओली नेतृत्वको सरकारमा खैलाबैला नै मच्चिएको छ
उनले –‘कृषिविज्ञान विश्वविद्यालय रामपुरले हालै ८ निजी कलेजहरुलाई सम्बन्ध दिने निर्णय किन र कुन आधारमा गर्यो रु जबकी गत बर्षमात्र निर्णय गरिएका आङ्गिक कलेजहरु पनि सबै खुलिसकेका छैनन् । गत वर्ष नै सम्बन्धन दिने प्रयत्न शिक्षक विद्यार्थीको आन्दोलनले रोकेको थियो । अहिले पनि आन्दोलन छ । छानविन होस् ।’ भनी सरकारलार्इ प्रश्न गरे।
उनको यस्तो प्रश्नले मेडिकल शिक्षामा लगामपछि कृषि तथा बन शिक्षामा ‘माफिया’ को चलखेल सुरु भएको संकेत दिएको छ। डाक्टर गोविन्द केसीको निरन्तर अनसनपछि मेडिकल शिक्षामा केही न केही लगाम त लगाइयो तर अन्य क्षेत्रलार्इ कुनै वस्ता गरिएन्। मेडिकल शिक्षामा देखिएको तनावपछि कृषि तथा बन शिक्षामा चलखेल शुरु भएको महसुष ती नेता गरेपछि सरकारलार्इ प्रश्न गरेका हुन्। स्रोतका अनुसार नेता श्रेष्ठको यस्तो प्रश्नले प्रधानमन्त्री केपी ओली तनावित हुँदै प्रचण्डको सहयोग माग्न पुगेका छन् ।








