सत्ताधारी नेकपामा तीव्र गुटकाे मारमा मन्त्रीहरू समेत परेका छन् । अाेली गुटले माधव नेपाल र वामदेव गाैतमका मन्त्रीहरूलार्इ कार्वाहीकाे डण्डा वर्षाउन लागेकाे छ ।

अब केही समयभित्र अाेली गुटले माधव र वामदेवका मन्त्रीहरूलार्इ कार्वाही गरेर देखाउने भएकाे छ । उनीहरूले मन्त्रालयमा काम प्रभावकारी नगरेकाे अाराेपमा कार्वाहीमा पर्ने भएका छन् ।

विशेष स्राेतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र सामान्य प्रशासनमन्त्री लालवावु पण्डित कार्वाहीकाे निशानामा परेका छन् । जस्ताे कि महासेठले सिन्डिकेटविरुद्धको कारबाहीलाई निष्प्रभावी बनाएको र सडकको स्तरोन्नति तथा निर्माणमा प्रभावकारी काम नगरेकाे झाेकमा कार्वाहीमा पर्ने भएका छन् ।

उनलाई चेतावनीस्वरूप दोस्रोपटक प्रधानमन्त्रीको कार्यालयले पत्र पनि काटेको छ । यस्तै, सार्वजनिक यातायात क्षेत्रको सिन्डिकेट हटाउन सरकारलाई असहयोग गरेको आरोप छ ।

मन्त्री महासेठले आफूअन्तर्गतका कार्यालय प्रमुखमा कर्मचारी सरुवाका लागि घुससमेत मागेको उजुरी प्रधानमन्त्री ओलीसमक्ष पुगेको सचिवालयको भनाइ छ । यस्तै, ओली सरकारमा धेरै अपेक्षा गरिएका लालबाबु पण्डित पनि प्रधानमन्त्रीको रेड जोनमा परेका छन् ।

कर्मचारी सरुवालाई व्यवस्थित गर्न नसकेको उनीमाथि आरोप छ । यस्तै, उनले प्रशासन सुधारमा ध्यान नदिएको र मन्त्रालयको काममा भन्दा जिल्ला भ्रमणमा केन्द्रित भएको आरोप छ ।

यसअघि सरुवामा आर्थिक लेनदेनको आरोप लागेपछि उनले स्वकीय सचिव ओसिम आलमलाई जिम्मेवारीबाट हटाएका थिए । तर, उनको व्यक्तिगत अंकमा सुधार आएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार