इजिप्टको एक अदालतले ७५ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको हो ।

इजिप्टको कानून अनुसार फैसलालाई कार्यान्वयनमा लैजान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनुपर्ने प्रावधान रहेको छ । मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ ।

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा संलग्नता रहेका तथा सार्वजनिक सम्पत्ती हिनाविना गरेको आरोपमा मुद्दा लागेका ७१३ जनामध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो ।

आधुनिक इजिप्टको इतिहासमा भएको कहालीलाग्दो उक्त झडपमा उक्त समय करिब ७०० इजिप्टेली नागरिकको मृत्यु भएको थियो ।

https://www.youtube.com/watch?v=UMkoJhKQ3X8

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार