लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले बाँध भत्किएर बगाएकामध्ये १३१ जना अझै पनि बेपत्ता भएको बताउनुभएको छ ।

देशको दक्षिणी क्षेत्रमा रहेको हाइड्रो पावरको बाँध भत्कीएर बगाएका वा बेपत्ता भएकामध्ये १३१ जनाको अवस्था अझै थाहा पाउन नसकिएको उहाँले बुधबार बताउनुभएको हो । निर्माणाधीन अवस्थामा रहेको छेपिन छे नाम नोय हाइड्रो पावरको बाँध यसै हप्ताको शुरुमा भत्कीएको थियो ।

बाँध भत्कीएपछि सानाम्याक्सी जिल्लाका सात वटा गाउँ प्रभावित भएको र सयौँ विस्थापित भएको अधिकारीहरूले बताएका छन् । घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म एकिन नभए पनि लाओसको समाचार संस्थाले २६ जनाको मृत्यु भएको पुष्टी भएको जनाएको छ ।

प्रधानमन्त्री सिसौलिथले विस्थापित भएकाहरूलाई छानासहितको बासस्थानमा व्यवस्थापनको काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस घटनाका कारण घरबारबिहीन हुनेहरूको संख्या कम्तीमा तीन हजार ६० पुगेको छ भने १३१ जना अझै बेपत्ता रहेका छन् । बर्षापछि बाँध भत्कीएर आएको बाढी अझै पनि आइरहेको र अरू पाँचदेखि छ गाउँका बासिन्दा अझै पनि प्रभावित भइरहेको प्रधानमन्त्रीले बताउनुभयो ।

घटनाबाट पीडितहरूलाई उद्धार तथा राहतका लागि सरकारी अधिकारीहरूलाई अधिकतम परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । कम्बोडियाको सीमा क्षेत्रमा पर्ने लाओसको दक्षिणी क्षेत्रमा रहेको बाँध सोमबार बेलुका भत्कीएको अधिकारीहरूले जनाएका छन् । (रासस/सिन्ह्वा)

https://www.youtube.com/watch?v=yDLQvRbGN4o

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार