रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पु¥याएको स्थानीयवासीले बताए ।
सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक रु एक करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताउनुभयो ।
यो पनि पढ्नुहोस :
के हुँदैछ पोखरामा ? अर्का मानिस पुलबाट हाम फाले, सुसाइड नोट यस्तो छ
पोखरा महानगरका अधिकृत पुलबाट हाम फालेर आत्महत्या गरेको खबर सेलाउन नपाउँदै फेरी त्यस्तै प्रकृतिको अर्को घटना घटेको छ ।पोखराको चोरसाँघु पुलबाट एक व्यक्ति हाम फालेका छन् । प्रहरीको खोजी कार्य जारी छ । पोखरा न्युरोडका ब्यापार फडिन्द्र ढुङ्गाना हिजो देखी बेपत्ता छन् । उनको स्कुटर पुल नजिकै भेटिएको छ ।
जहाँ उनको सुसाइड नोट समेत भेटिएको छ । नोटमा मिटर ब्याज देखी अन्य आर्थिक कारोबारको कुरा लेखिएका छन । परिवारलाई सम्हालिन आग्रह गरिएको छ । प्रहरीले कसरी खोजिरहेको छ ? प्रत्यक्षदर्शी के भन्छन् ?







