सरकारविरुद्ध सडकदेखि सदन ततार्इ रहेको प्रमुख विपक्षी कांग्रेसकै शैलीमा राप्रपा प्रजातान्त्रिकले पनि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राप्रपा प्रजातान्त्रिक सरकारविरुद्ध सडकमा ओर्लिनको लागि तयारीमा जुटेका छ । पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पार्टी संघर्षमा उत्रिन लागेको हो ।

राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्दैछ । मंहगी, कर वृद्धि लगायतलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागिएको राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले बताए ।

‘सरकार जनताको आकांक्षा बमोजिम अगाडि बढेको भान हुन सकेन,’ बोहोराले भने, ‘त्यसकारण सरकारको सर्वसत्तावादी शैली, मंहगी, कर वृद्धि जस्ता गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको हो ।
योपनि पढनुहोस :
कांग्रेसले नेकपाको यी समर्थकलार्इ टरगेट गर्दै संसदमा फेरी दर्ता गरायो यस्तो सार्वजनिक महत्वको प्रस्ताव, ओलीको गयो सातो!
स‌ंसदमा फेरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका तीन सांसदले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। उनीहरुले प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उल्लंघन गरेको उनीहरुको दाबी छ डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् ।

‘स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ’ प्रस्तावमा उल्लेख छ ।

प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार हुने गरेको अभिव्यक्ति दिएपछि महिला अस्मितामाथि ठेस पुगेको भन्दै उनीहरुले जोडदारका साथ कारवाहीका लागि माग गरेका हुन्। यसअघि डा।गोविन्द केसीको जीवन रक्षाका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो । स्राेतका अनुसार पर्साइलार्इ नाती मानेका प्रम केपी अाेलीले अब नतीलार्इ कसरी बचाउँने भनेर यतातिर नेताहरुलार्इ बाेलाएर छलफल गर्ने याेजनमा जुटेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार