नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद ओमदेवी मल्ल ढकाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छिन् ।
दोस्रो संविधानसभामा कांग्रेसको तर्फबाट समानुपातिक सभासद् रहेकी मल्ल आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘नेकपा’मा प्रवेश गरेकी हुन् । एसपी केदार ढकालसँग दोस्रो विवाह गरेकी मल्ल राष्ट्रिय सहकारी महासंघको उपाध्यक्ष पनि हुन् ।
मल्लले नेपाली कांग्रेसलाई गाली गर्दै ‘नेकपा’मा प्रवेश गरेकी हुन् । उनले कांग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र ‘नेकपा’मा प्रजातान्त्रिक वातवरण भएकाले आफू ‘नेकपा’मा प्रवेश गरेको बताइन् ।
मल्लसँगै विजयसुन्दर खड्का र रीता बराल पनि ‘नेकपा’मा प्रवेश गरेका छन् । मल्ललाई ‘नेकपा’का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।
https://www.youtube.com/watch?v=yDLQvRbGN4o&t=55s







