स‌ंसदमा फेरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका तीन सांसदले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। उनीहरुले प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उल्लंघन गरेको उनीहरुको दाबी छ डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् ।

‘स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ’ प्रस्तावमा उल्लेख छ ।

प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार हुने गरेको अभिव्यक्ति दिएपछि महिला अस्मितामाथि ठेस पुगेको भन्दै उनीहरुले जोडदारका साथ कारवाहीका लागि माग गरेका हुन्। यसअघि डा।गोविन्द केसीको जीवन रक्षाका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो । स्राेतका अनुसार पर्साइलार्इ नाती मानेका प्रम केपी अाेलीले अब नतीलार्इ कसरी बचाउँने भनेर यतातिर नेताहरुलार्इ बाेलाएर छलफल गर्ने याेजनमा जुटेका छन्।
nepalpana

https://www.youtube.com/watch?v=cudyDdCXJ2s&t=284s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार