१४ वर्षिया किशोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक शिक्षकविरुद्ध प्रहरीमा जाहेरी परेको छ। स्याङ्जाको चापाकोट– ७ गंगालाल माविका शिक्षक रामभक्त आचार्यविरुद्ध जाहेरी परेको हो। जाहेरी परेलगत्तै उनी फरार छन्। आर्थिक रुपमा विपन्न परिवारकी किशोरीलाई उनले जंगलमा लगेर बलात्कार गरेको भन्दै उनका अभिभावकले आइतबार प्रहरीमा उजुरी दिएका हुन्। तीन महिनादेखि शिक्षक आचार्यले बलात्कार गरेको पीडित परिवारको भनाई छ। घटना बाहिर नल्याउन भन्दै उनले पैसा दिने प्रस्ताव गरेको समेत अनुसन्धानमा खुलेको छ। आचार्य यसअघि पाल्पामा कार्यरत रहँदा पनि यौनकाण्डमा परी त्यहाँबाट सरुवा गरिएको थियो। एमाले राजनीतिमा समेत लागेका उनी पटक पटक यस्तो अपराधमा संलग्न हुँदै आएको र पैसाको आडमा जोगिने गरेको स्थानीयहरु बताउँछन्।
ptaharnews
https://www.youtube.com/watch?v=_KeVFNCCxro&t=134s







