पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ घाटबेंसीमा आइतबार यात्रुवाहक हाइस र स्कारपियो कार एकापसमा ठोक्किंदा ११ जना यात्रु घाइते भएका छन् । बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ज ३००९ नं को हाइस र बा ६ च ३९९१ नं को स्कारपियो कार सडकमा एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेमध्ये पाँच जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र छ जनाको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ । राजमार्गम हुने दुर्घटना न्युनिकरणमा सम्बन्धीत निकायले चनाखो हुनुपर्नेमा जानकारहरुले जोड दिएका छन् । पछिल्लो समय मुलुकका प्रमुख राजमार्ग असुरक्षित बन्दै गएको भन्दै उनिहरुले चिन्ता पनि व्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस :
टिपरले किचेर सहचालकको मृत्यु
मलेखु, धादिङ । धादिङमा टिपरले किचेर सोही टिपरका सहचालकको मृत्यु भएको छ।

धादिङबेंसी सल्यानटार सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १० टारीबेंसीमा आज एउटा टिपर पछाडि हटाउन लाग्दा सहचालकको किचेर मृत्यु भएको हो।

बा ४ ख ९९१६ नंको खाली टिपर पछाडि हटाउँदा सोही टिपरका सहचालक ज्वालामुखी गाउँपालिका वडा नं ७ निवासी १९ वर्षीय अतित अधिकारीको मृत्यु भएको हो।

टिपरको ठक्करबाट घाइते अधिकारीको उपचारका लागि अस्पताल लैजादा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

https://www.youtube.com/watch?v=yDLQvRbGN4o&t=55s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार