नेपाली कांग्रेस सांसद गगन थापाले संसद बैठकमा आफ्नो पार्टी र आफूलाई जथाभावी आरोप लगाइएको भन्दै त्यसको प्रतिवाद गरेका छन् ।थापाले आफूलाई डा केसी र सरकारबीचको वार्ता भाँड्ने भँडुवा भन्दै कुप्रचार गरिएको भन्दै त्यसको काउण्टर गरेका छन् । थापाले शुक्रबारको संसद बैठकमा आफूमाथि आरोप लगाउनेप्रति चर्को आक्रोश पोखेका छन् । आज संसदमा बोल्दै थापाले वार्ता सफल बनाउन र डा केसी पक्षलाई समेत लचक भएर प्रस्तुत हुनकालागि आफूले भुमिका खेलेको दावी गरे ।
नेपाली कांग्रेस किन संसदमा बारम्बार उठिरहेको भन्दै संसदमा प्रश्न गर्नेहरूलाई थापाले जवाफ दिए – यदी कांग्रेस संसदमा नउठेको भए डा केसी सुतेको सुत्यै हुनुहुन्थ्यो ।सांसद थापाले यदी कांग्रेसले संसद अवरूद्ध नगरेको भए डा गोविन्द केसीको माग र उनको स्वास्थ्यबारे सरकार कठोर भएर केसीलाई सुतेको सुत्यै पार्ने दावी गरेका छन् ।कसले भन्यो गगनलाई भँडुवा ? यो भिडियो हेर्नुस्ः
sidakuranepal
https://youtu.be/2_Vf9Ah273k







