एजेन्सी। अभिनेत्री तथा मोडल माहिका शर्मा विवादमा रहिरहन्छिन्। २५ वर्षीया यी अभिनेत्री अब बलिउडमा डेब्यू गर्ने तयारीमा छन्। माहिका चाँडै पोर्नस्टार ड्यानी डीसँग बलिउड फिल्म उद्योगमा कदम राख्दै छिन्। टिभी शोमा काम गरिसकेकी माहिका अब फिल्म ‘द मोर्डन कल्चर’ मा अभियन गर्दै छिन्। तर, पोर्नस्टार ड्यानीसँग फिल्मका काम गर्न लागेकी माहिकाकी आमा भने निकै दुखी भएकी छन्।
कतिसम्म भने उनकी आमाले ड्यानीसँग फिल्मका काम गर्ने भएपछि माहिकासँगको सम्बन्ध नै तोड्ने निर्णयमा पुगेकी भारतीय संचारमाध्यमले जनाएका छन्।

फिल्म ‘द मोर्डन कल्चर’ मा माहिका पोर्नस्टार डनीसँगै अभियन गर्दैछिन्। दुवै यो फिल्मका निमात्री पनि हुन्। उनले मोर्डन कल्चर फिल्ममा आफूले गीताको भूमिका निर्वाह गर्ने बताएकी छन्। फिल्मको कथाबस्तु गीता नाक टिपिकल भारतीय युवतीमाथि आधारित हुनेछ। जसलाई लस एंजिलसको हिसावले परिवर्तन गर्न निकै अप्ठेरोको सामना गर्नुपर्ने हुन्छ। जसै उनी आफ्ना प्रेमीसँग भारत आउँछिन्, उता त्यसैगरी ड्यानीलाई भारतीय संस्कृति बुझाउन पनि त्यत्तिनै मुश्किल हुन्छ।

भारतीय संचारमाध्यमका अनुसार माहिकाले पोर्नस्टारसँग मिलेर फिल्म बनाएपछि उनकी आमाले छोरीसँग अलग हुने निर्णय गरेकी छन्। माहिकाले आफ्नी आमाको निर्णयलाई सम्मान गर्ने बताइन्। उनले आफूले कुनै पोर्न फिल्म गर्न नलागनेको भन्दै विस्तारै आमाले सबै कुरा बुझ्ने आशा गरेको बताइन्।
![]()







