चिकित्सा क्षेत्र सुधाका लागि अनसन बसेकाे डा. गाेविन्द केसीका कारण नेपाल कम्युनिसष्ट पार्टीभित्र वरिष्ठ नेताहरुबीच चर्का चर्की सुरु भएकाे छ।
केसी जुम्लामा अनशन बसेपछि सरकारले उनको अवस्था नाजुक भएपछि काठमाडौ ल्याएर उपचार गराएको थियो । श्रवण ६ गते नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत गोविन्द केसीलाई टिचिङ अस्पतालमा गएर फेस टु फेस भेट्दै माग संवाेधन गराउने अश्वासन दिएका थिए ।
सरकारसित भएको सहमतिपछि अनसनरत केसीले २७ अाैँ दिनमा अनसन तोडेपनि नेकपाभित्र भने यसको नकारात्मक प्रभाव परेको छ ।
नेता नारायणकाजीले केसीलाई भेटेपछी सामाजिक संजाल ट्वीटरमा, ‘आज दिनभर डा.केसीको अनशन आन्दोलन, परिस्थिति र समाधानका बारेमा विभिन्न व्यक्तिहरुसंगको छलफलमा ब्यस्त रहें’ । डा.केसीलाई पनि भेटे । सबै मिलेर तथ्य, तर्क र औचित्यका आधारमा छिटै सकारात्मक समाधान निकालौं ।’ लेखेका थिए ।
प्रवक्ता श्रेष्ठले केसीलाई भेटेको दोस्रो दिन नेकपाका नेताहरु बालुवाटरमा जम्मा भएका थिए । सचिवालयका नेताहरु केसीको आन्दोलनका बारेमा अनौपचारिक रुपमा छलफल गर्न जम्मा भएका हुन् । केसीको अनसनरुपी आन्दोलनले सरकारलाई समस्यामा पारेको थियो ।
सो अनौपचारिक भेटमा नेकपा अध्यक्ष प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ‘तपाई केसीलाई डा.गोविन्द केसीलाई भेट्न जानु भयो?’ भनेर सोधेका थिए ।
प्रचण्डको प्रश्नकमा नेता श्रेष्ठले आक्रोसित भएर ‘तपाईहरुको प्रवक्ता मलाई चाहिदैन । तपाईहरु नै खानुहोस् ।’ भनेर जवाफ दिएका थिए । छलफलमा सहभागी एक नेताले नाम नखुलाउने सर्तमा बताएका छन्।
nepalpana







