Share
जिल्लाको शिद्दकुमाख गाउँपालिका–३ बरागाउँ निवासी कमला खत्री (विश्वकर्मा) अहिले जिल्ला कारागार सल्यानमा कैदीको जीवन बिताई रहेकी छन् । बहु विवाहको आरोपमा उनी ०७५ जेठ २ गतेदेखि जिल्ला कारगारमा छन् । उनीसँगै उनकी दुई बर्षकी छोरी सोलिका विश्कर्माले समेत बिना कारण जेल जीवन बिताउनु परेको छ ।

कमलाका अनुसार शिद्दकुमाख गाउँपालिका निवासी शेर बहादुर विकसँग विवाह भएपछि उनकी जेठी पत्नीले दुबै विरुद्द जिल्ला अदालत सल्यानमा बहु विवाहको मुद्दा दर्ता गराइन् । अदालतले उनीहरुलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको हुने फैसला सुनाएको थियो । फैसला हुनु अगावै शेर बहादुरले फेरि अर्को विवाह गरि फरार भए । र, सजाए भोग्नु पर्‍यो कमला र कमलाकी छोरी सोलिका विश्वकर्माले ।

सोलिका जस्तै कुनै गल्ती नै नगरेका चार बालबालिका कारागारमा कैदी सरह जेल सजाय भोग्दै आएका छन् । बहुबिबाह तथा मानव बेचबिखन मुद्धामा परेका आमासँगै आएका बालिकालाई घरबाट कोही लिन नआएपछि कैदी सरह सजाय भोग्न बाध्य भएका हुन ।

कैदी सरह सजाय भोग्दै आएको चार बालबालिकामा सिद्धकुमाख गाउँपालिका–३ बडागाउँकी दुई बर्षकी सोलिका विश्वकर्मा, दार्मा गाउँपालिका–४ का चार बर्षिया काजल बुढाथोकी, घोराही उपमहानगरपालिका दाङका दुई बर्षिय युरोप खनाल, र कालीमाटी गाउँपालिका–७ का १० महिनाका बालक निराजन बिक रहेका छन् ।

दुई बर्ष भन्दा माथिका बालबालिकालाई आमासँगै भएपनि जेलभित्र राख्न नपाईने कानुनमा उल्लेख छ । तर पनि आमालाई छोड्न नसक्दा उनीहरु सजाय भोग्न बाध्य छन् । उनीहरु अहिले घुमफिर, पढाई, खेलकुद मनोरन्जन लगायतका सबै सुविधाबाट बञ्चित छन् । उनीहरुले खेल्ने र ईच्छा अनुसार खाने अवसर समेत गुमाएका छन । जेल के हो भन्ने बारेमा थाहा नभएका उनीहरु बाध्य भएर आमासँगै कारागारमा बस्नुपरेको छ ।
बहुविवाहको मुद्धामा गएको जेठ २ गतेदेखि सजाय भोग्दै आएकी कमलाको ०७६ जेठ २ गते छुटने भएकाले उनको सजाय अवधि नौ महिना रहेको छ । यस्तै ०७४ फागुन १० गते जेल सजाय भोग्दै आएकी पुष्पा खनाल ०७५ माघ ११ मा छुटने भएकाले ६ महिना र कल्पना बुढाथोकीको १० महिना बाँकी रहेकाले सम्बन्धित निकायले समेत केही निर्णय गर्न सकेको छैन ।
बालबालिकालाई घर लग्न मिल्ने भएकाले बारम्बार सुचित गराउदै आएपनि कोही आउन नचाहेकाले संरक्षण तथा पालनपोषणमा समस्या हुँदा आश्रितको रुपमा आमासँगै राखिएको जिल्ला कारागार सल्यानका प्रमुख जेलर बिक्रम केसीले बताए । ‘कारागारमा राखिएका चार बालबालिका मध्ये दुई जनाले कसैलाई दिन मानेका छैनन्’, केसीले भने, ‘एक जनाले मात्र घरमा कोही नभएकाले पढाई लेखाईका लागि बाहिर पठाउन चाहेकी छिन् ।’

मानब बेचबिखनमा परेकी कालीमाटी गाउँपालिका ७ कि चन्द्रा बिकको १० महिनाको दुधे बालक बाहेक अरुले चाहेमा तीन जनालाई केन्द्रिय बालकल्याण समितिमा पठाउन सकिने उनले बताए । कल्पना बुढाथोकीकी चार बर्षिया छोरीलाई बालबालिका संरक्षण केन्द्रमा पठाउने सल्लाह भैरहेको उनले जानकारी गराए । बहुविवाहको मुद्धामा परेर एक वर्षको सजाय अन्तर्गत चार महिना जति सजाय भोगिसकेका र आठ महिना बाँकी रहेकाले बाहिर पठाउने बारेमा तत्काल कुरा उठाउन नसकेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार