राजधानीको कलंकीमा एक युवती बलात्कृत भएकी छन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ ।पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय, बलम्बुमा कार्यरत थिए घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले अनलाइनखबरलाई बताए ।
विछोडको एक वर्षपछि भेटिएका प्रेमी-प्रेमिका
पोखरेल दुई वर्षअघि एक युवतीसँग प्रेममा थिए । तर, उनीहरुको सम्बन्ध लामो समयसम्म टिकेन । पोखरेलको गतिविधिप्रति शंका लागेपछि ‘प्रेमिका’ विस्तारै टाढिएइन् ।‘भन्डै एक वर्षपछि फेसबुकमा साथी बन्यो’ पीडित युवतीले प्रहरीलाई प्रारम्भिक बयानमा भनेकी छन्, ‘म सुधि्रएँ, जागिर पनि छाडेँ । होटल सञ्चालन गर्दैछु भन्यो ।’पोखरेलले बिहीबार कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा आउन आग्रह गरे । ‘होला त नि भनेर भेट्न गएँ । तर, त्यहाँ नसोचेको…’, युवतीले भनेकी छन् उनीहरुले खानपिन गरे । त्यो होटलले पोखरेलले सञ्चालन गरेका थिएनन्, उनी अर्कै योजनामा थिए । त्यसका लागि दुई वटा कोठासमेत बुक गरेका थिए ।
‘एउटै कोठामा बसेर खाइरहेका थियौं । घरी ऊसँग बस्ने गर है भनेर बाहिर निस्किन्थ्यो । घरी के गथ्र्यों’, पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, ‘तर, त्यतिवेला मैले मानिन । उसँगै निस्किएको थिएँ ।’रात छिप्पिँदै गएपछि प्रसाईं निन्द्रा लाग्यो भन्दै एउटै कोठामा सुते । दुई वटा खाट कोठामा भएकाले ‘एउटामा हामी, अर्कोमा ऊ सुतोस्’ भनेर पोखरेलले भनेछन् ।युवती मान्दिनन् । उनी अर्को कोठामा जान्छिन् । पोखरेलले उनलाई पछ्याए र अन्तिम पटक भन्दै रक्सी खुवाए । ‘अर्को केटाले बेइमान गर्न सक्छ भनेर युवती आफैंले चुकुलसमेत लगाएकी रैछिन्’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
‘प्रहरीलाई फोन गर्न खोज्दा मोबाइल फुटाइदिए’







