
भीमदत्त नगरपालिका, २ उल्टाखामकी निवासी एवं सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा निर्मलाको बलात्कारपछि कैलालीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लगायत विद्यार्थीहरूले सडक अान्दाेलन तताएका छन् ।
साेमबार विप्लव नेतृत्व नेकपासहित कैलालीकाे लम्कीमा विभिन्न ६ विद्यार्थी संगठनले यस्ताे अान्दाेलनकाे गरेका हुन् ।
छात्रामाथि भएको जघन्य बलात्कार र क्रुर हत्याको विरोधमा अखिल (क्रान्तिकारी), अनेरास्वियु, वैद्य क्रान्तिकारी, अखिल छैटौँले र नेवि संघले संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।
लम्कीमा विभिन्न ठाउँकाे र्यालीपछि काेणसभामा परिणत भएकाे थियाे । कार्यक्रममा ६ वटै विद्यार्थी संगठनका नेताहरूले संवाेधन गरेका थिए ।
घटनाको विरोधमा निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालय, अखिल नेपाल महिला संघ क्रान्तिकारी, नेपाल महिला संघ, युथ भ्वाइस महेन्द्रनगरले घटनाको घोर भत्र्सना गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् ।
शनिबार मात्र विप्लव निकट अखिल क्रान्तिकारीलगायत संगठनले आइतबार विरोधसभा गर्दै प्रशासनमा ज्ञापनपत्र बुझाउने, सोमबार दुई घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र मंगलबार शैक्षिक हडताल गर्ने घोषणा गरेको थियाे ।
हत्यारालाई कारबाहीको माग राख्दै शनिबार महेन्द्रनगरमा शनिबार पनि प्रर्दशन भएको थियो ।

कैलालीमा उर्लियो जनसागर, सयौं विद्यार्थी सडकमा

कैलालीमा उर्लियो जनसागर, सयौं विद्यार्थी सडकमा

कैलालीमा उर्लियो जनसागर, सयौं विद्यार्थी सडकमा







