कैलाली,साउन १४- कैलाली जिल्लाको गौरिगंगा नगरपालिका ७ वनबेहडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। बिहान १० बजे बस दुर्घटना भएको प्रहरीको भनाइ छ। कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से१ख १६६१ नम्बर बस मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। एउटै दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल बचाउँदा अनियन्त्रित भएर बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरीक्षक टेक जोराले बताए

।काठमाडौँ | नेपालबाट बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको भिसा प्रक्रिया मलेसियाले सरकारी तवरबाटै गर्ने सम्भावना देखिएको छ । मलेसियाले नेपालको प्रस्ताव अनुरुप (जीटुजी)बाटै भिषा दिने प्रस्तावबारे मलेसियाको मन्त्रिपरिषदमा समेत छलफल भएको छ । अब मलेसियाको मन्त्रिपरिषदको निर्णयले यसलाई सदर गरेमा नेपाली कामदारको भिषा सरकारी तवरबाट लाग्नेछ ।यस अघि नेपाल सरकारले मलेसिया कामदार पठाउन बन्द गरेपछि त्यहाँ रोजगारदाताहरुले धर्ना तथा बिभिन्न ताकेताको काम गर्दै आएका छन् । यस अघि विभिन्न बिचौलिया संयन्त्रहरु खडा गरेर भिसा प्रक्रियाबाट नेपाली कामदारसँग चर्को रकम अशुली भएको भन्दै सरकारले मलेसिया कामदार पठाउन बन्द गरेको थियो ।

मलेसियन सरकारी सञ्चारमाध्यम बेर्नामाले नेपाली कामदार रोकिएपछि उत्पन्न समस्या समाधानका लागि मलेसियाली मानव संशाधनमन्त्रीले नै नेपाल भ्रमण गर्न सक्ने बताएको छ । नेपालबाट मलेसियामा कामदार पठाउन बन्द भएपछि मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरननै नेपाल आउन खोजेको र नेपालसँग सँग आग्रह गर्दै कामदारलाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन प्रयास गर्ने भएका छन् मानव संशाधनमन्त्री कुलासेगरनले मलेसिया स्थित एक कम्पनीले आयोजना गरेको कार्यक्रममा बोल्दै यसबारे मन्त्रिपरिषदमा समेत छलफल भएको बताएका छन् । उनले २ हप्तादेखि यस बिषयमा कुरा भएको र पछिल्लो मंगलबारको मन्त्रीपरिषदको बैठकमा समेत नेपालबाट कामदार ल्याउने बिषयमा छलफल भएको बताए ।

उनले नेपाली कामदार मलेसिया ल्याउन सहज वातावरण बनाउन आगामी साता कागजातहरु बनाएर काम गर्ने बताए । मन्त्री कुलासेगरन नेपालले कामदार पठाउन सजिलो बनाउने र यस अघि मलेसिया पठाउन बन्द गरेको आफ्नो निर्णय पुनर्विचार गर्ने उनले विश्वास लिएको बताएका छन् । उनले मलेसियामा बिभिन्न कम्पनी खडा गरि बिदेशी कामदारलाई बिभिन्न नाममा गरिने ठगिलाई नियन्त्रण गरिने बताएका छन् । नेपालले मलेसियामा कामदार नपठाउदा त्यसको असर नकारात्मक रुपमा परेको भन्दै मन्त्री कुलासेगरनले त्यसको समाधानमा प्रक्रिया सुरु गरेको समेत बताए ।मन्त्री कुलासेगरनले बताए अनुसार कामदारको बिषयमा कार्यपत्र समेत अर्को साता निर्णयको लागि मन्त्रीपरिषदमा टेबुल हुने बताएका छन् । उनले आफू नेपाल गएर हुन्छ वा नेपाली मन्त्री मलेसिया आएर हुन्छ, समस्याको समाधान सकेसम्म छिटो समाधान गर्ने बताएका छन् ।उनले स्पष्ट भनेका छन् – ‘नेपाली कामदारले मलेसिया आउँदा भिषा चार्ज बापत २० डलर (८० रिंगेट) तिरे पुग्छ तर अघिल्लो सरकारको निर्णय अनुसार हजार रिंगेट तिर्नुपरेको छ ।’ उनले एजेन्टहरु मार्फत कामदार ल्याउँदा कामदारलाई आर्थिक भार थपिएको भन्दै सरकारी तवरबाट ल्याउन सकिने भनेका छन् ।

https://www.youtube.com/watch?v=yDLQvRbGN4o

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार