ओखलढुंगा । यहाँका खाद्य संस्थानले बिक्री गर्ने सुलभ मुल्यको चामल बिक्री हुन छाडेपछि गोदाममै थान्किएको छ । व्यापारीहरूले सुलभ मुल्यमा गाउँगाउँमै चामल पु¥याउन थालेपछि नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा वितरण गर्दै आएको चामल विक्न छाडेको हो । संस्थानको चामल बिक्री हुन छाडेपछि गोदाममै थन्किएको छ ।
संस्थानले यसवर्ष चामलको मुल्य समेत बढाएको छ । अहिल्लो आर्थिक बर्षको तुलनामा यसबर्ष प्रति क्विन्टल १ हजार ७० रूपैयाँले मुल्य बढाएर ४ हजार २ सय रूपैयाँ प्रति क्विन्टल पु¥याएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय ओखलढुंगाका निमित्त प्रमुख प्रदीपकुमार कापडीका अनुसार तराईबाट चामल खरिद गरेर ल्याउनुपर्ने र यसवर्ष चामलको कुटानी खर्च समेत महँगो परेकाले मूल्य बढाइएको जानकारी दिए ।
सरकारले वितरण गर्ने संस्थानको चामलमा मूल्य बृद्धि, बजारमा उधारो कारोबार हुने भएकाले खाद्य संस्थानको चामलमा उपभोक्ताहरुको आकर्षण घटेको हो । केही वर्ष पहिलेसम्म संस्थानमा चामल लिनेको लाइन लाग्ने गरेको भएपनि अहिले भने घट्दै गएको छ ।
यसवर्ष ८ सय क्विन्टल चामल ठेक्का लागेकोमा खाद्य संस्थानले साढे ५ सय क्विन्टल चामल मात्र बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्षमा ८ सय क्विन्टल चामल बिक्री भएको थियो । ओखलढुंगामा बिक्री हुने खाद्य संस्थानको चामलमध्ये करिब १ सय ४४ क्विन्टल चामल वर्षेनी जिल्ला कारागार कार्यालयमा खपत हुने गरेको छ ।
जिल्लाका ग्रामिण भेगहरु स्थानीय सरकार गठनपछि सडक सञ्जालले जेलिएसंगै व्यापारीहरुले गाँउमै चामल पु¥याउन थालेका छन् । उधारोमै गाउँघरमै चामल पाउने भएपछि संस्थानको चामल बिक्री हुन छाडेको संस्थानका शाखा प्रमुख कापडीको भनाई छ ।
https://www.youtube.com/watch?v=yDLQvRbGN4o







