प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार विरुद्ध प्रदर्शन गर्दैछ । आज काठमाडौं उपत्यकासहित देशभर सरकारको कार्यशैलीलाई लिएर प्रदर्शन गर्ने भएको हो ।

सरकार सर्वसत्ताबादको बाटोमा हिडेको आरोप लगाउँदै काँग्रेसले ७७ जिल्लामा नै विरोध प्रदर्शन गर्न लागेको हो । लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणलाई काँग्रेसले प्रमुख एजेण्डा बनाएको छ ।

शान्तिबाटीकाबाट सुरु हुने जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत हुने छ । कोणसभालाई कांग्रेसका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

https://www.youtube.com/watch?v=f4XnXmv0BRM

यो पनि पढनुहोस :
प्रदेश ५ का मुख्यमन्त्रीको तलब ६० हजार ९ सय
प्रदेश ५ का मुख्यमन्त्रीको तलब ६० हजार नौ सय ७० रुपैयाँ तोकिएको छ । त्यही हाराहारीमा उनले थप सुविधा पाउने भएका छन् । प्रदेश सभाले सोमबार ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ०७६’ पारित गरेको छ ।

विधेयक पारित भएसँगै मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र सांसदले पारिश्रमिक पाउने बाटो खुलेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पेस गरेको विधेयक पारित भएको संसद् सचिवालयका प्रवक्ता ईश्वरीप्रसाद शर्माले बताए । यो विधेयक वैशाखमै संसद्मा टेबुल भएको थियो ।

यस्तो छ मुख्यमन्त्रीको तलबभत्ता
मुख्यमन्त्रीको पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ तोकिएको छ । त्यस्तै, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार निर्धारण गरिएको छ ।

मुख्यमन्त्रीले आवश्यकताअनुसार सवारीसाधन पाउने व्यवस्था गरिएको छ भने मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीलाई एक–एक सवारीसाधन उपलब्ध हुनेछन् । त्यस्तै, मुख्यमन्त्रीले बिलअनुसार सञ्चार सुविधाबापतको रकम पाउनेछन् । मन्त्रीलाई तीन हजार, राज्यमन्त्री र सहायक मन्त्रीलाई दुई–दुई हजार मासिक रूपमा सञ्चार सुविधाबापत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसैगरी मुख्यमन्त्री र मन्त्रीले पानी र बिजुलीको बिलअनुसार रकम पाउनेछन् भने राज्यमन्त्री र सहायक मन्त्रीलाई मासिक दुई–दुई हजार तोकिएको छ । मुख्यमन्त्रीलाई दैनिक भ्रमणभत्ताबापत दुई हजार पाँच सय र मन्त्रीहरूलाई दुई हजार व्यवस्था गरिएको छ । अतिथि सत्कारमा मुख्यमन्त्रीले मासिक १५ हजार, मन्त्रीले १० हजार तथा राज्यमन्त्री र सहायक मन्त्रीले पाँच–पाँच हजार भुक्तानी पाउनेछन् ।

त्यस्तै, मुख्यमन्त्रीको निजी सचिवालयमा सात, मन्त्रीको सचिवालयमा चार तथा राज्यमन्त्री र सहायकमन्त्रीको सचिवालयमा तीन–तीनजना रहने व्यवस्था गरिएको छ ।

सांसदको तलब ४५ हजार
प्रदेश ५ का सांसदले मासिक ४५ हजार पारिश्रमिक पाउनेछन् । उनीहरूलाई घरभाडाबापत १५ हजार मासिक र फर्निचर खर्चबापत एकमुष्ट ४५ हजार उपलब्ध गराइने भएको छ ।

त्यस्तै बैठकभत्ता प्रतिदिन एक हजार, बिजुली र पानीको लागि मासिक एक हजार पाँच सय, सञ्चार सुविधाका लागि मासिक दुई हजार र बैठक बसेको दिन यातायात सुविधाबापत पाँच सय रुपैयाँ तोकिएको छ । सांसदलाई एकजना स्वकीय सचिव पनि राख्न पाउने व्यवस्था गरिएको छ ।

यस्तो छ सभामुखलाई सुविधा
प्रदेश ५ का सभामुखले मासिक ५३ हजार तलब पाउनेछन् । त्यस्तै, प्रत्येक दिन बैठक भत्ता एक हजार, सञ्चार सुविधाबापत मासिक तीन हजार, आन्तरिक भ्रमण खर्चबापत प्रतिदिन दुई हजार पाँच सय उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

उपसभामुखले मासिक ५० हजार, प्रत्येक दिन बैठकभत्ता एक हजार, बिजुली र पानीका लागि एक हजार पाँच सय, सञ्चार सुविधा दुई हजार र आन्तरिक भ्रमणभत्ता दुई हजार पाउनेछन् ।

त्यस्तै, विपक्षी दलका नेतालाई मासिक ५० हजार पारिश्रमिक, प्रतिदिन एक हजार बैठकभत्ता, आवास सुविधाबाफत मासिक १५ हजार, फर्निचरका लागि एकमुष्ट ४५ हजार उपलब्ध गराइनेछ । यसैगरी, बिजुली र पानीका लागि प्रतिमहिना एक हजार पाँच सय, सञ्चार सुविधा प्रतिमहिना दुई हजार र आन्तरिक भ्रमणभत्ता प्रतिदिन दुई हजार तय गरिएको छ ।

सत्तापक्षको प्रमुख सचेतक र संसदीय समितिका सभापतिले मासिक ४८ हजार, प्रतिदिन बैठकभत्ता एक हजार, आवास सुविधा प्रतिमहिना १५ हजार, फर्निचर खर्च एकमुष्ट ४५ हजार, बिजुली र पानीका लागि प्रतिमहिना एक हजार पाँच सय, सञ्चार सुविधा प्रतिमहिना दुई हजार र आन्तरिक भ्रमणभत्ता प्रतिदिन दुई हजार तोकिएको छ ।

विपक्षी दलका प्रमुख सचेतक र सत्तापक्षको सचेतकले समान सुविधा पाउनेछन् । उनीहरूले मासिक पारिश्रमिक ४८ हजार, बैठकभत्ता प्रतिदिन एक हजार, आवास सुविधा प्रतिमहिना १५ हजार, फर्निचर एकमुष्ट ४५ हजार, यातायात खर्च प्रतिमहिना १५ हजार, बिजुली र पानीका लागि प्रतिमहिना एक हजार पाच सय, सञ्चार सुविधा प्रतिमहिना दुई हजार र आन्तरिक भ्रमणभत्ता प्रतिदिन दुई हजार पाउनेछन् ।

सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्तापक्षका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई इन्धन तथा मोबिलको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार