नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नं को भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो । उनी नारायणगढ मुग्लिन सडकखण्डमा काम गर्दैआएका थिए । फरार रहेका ट्रकका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो पनि पढनुहोस :
जब बेनजीर भुट्टोले भनिन्, ‘विवाह पहिला सेक्स’ गर्नु नराम्रो होइन
बीबीसी। यस्तो किनै कम मात्र हुन्छ दुई चर्चित विश्वविद्यालयको युनियनको अध्ययक्ष भारतीय उपमहाद्वीपबाट एकै पटक भएका र ती मध्ये एक भारतीय र अर्को पाकिस्तानी।
यस्तो विचित्रको संयोग १९७७ मा भएको थियो। जब पछि चर्चित पत्रकार बनेका करन थापर क्याम्ब्रिज युनियन सोसाइटीका अध्यक्ष बने। त्यति बेलै पाकिस्तानकी प्रधानमन्त्री बनेकी बेनजीर भुट्टो पनि अक्सफोर्ड विश्वविद्यालय युनियनकी अध्यक्ष निर्वाचित भइन्।
यी दुवैको पहिलो भेट त्यसको केही महिना पहिला भएको थियो। जब, बेनजीर भुट्टो अक्सफोर्ड युनियनकी कोषाध्यक्ष र करन क्याम्ब्रिज युनियकका उपाध्यक्ष थिए।
करन भन्छन्, ‘मलाइ ती दिन अहिले पनि सम्झना आउँछन्, जब बेनजीर क्याम्ब्रिज आएकी थिइन् र उनले प्रस्ताव राखिन् ‘विवाह भन्दा पहिला सेक्स’ गर्नु नराम्रो होइन भन्ने विषयमा वहश गराउँ।’
कुनै पनि महिलाकालागि जो पाकिस्तानी राजनीतिमा केही गरौं भन्ने महत्वकाक्षा राख्थिन् यो निकै बोल्ड विषय थियो। करन भन्छन्, ‘जब यो विषयमा पहिलो पटक कुरा भयो तब मैले बेनजीरको पक्ष लिने आशयले उनलाई सोधोँ, ‘मेडम, तपाइँ जे भनिरहनु भएको छ, तपाइँ आफ्नो निजी जीन्दगमीमा पनि लागू गर्न सक्नुहुन्छ? मेरो कुरा त्यहाँ भएका मानिसलाई मन पर्यो र उनीहरुले जोडले ताली बजाए।’
उनी अगाडि भन्छन्, ‘बेजजीरले ताली बच्न छोडेपछि आफूले लगाएको चश्मा उतारिन् र भनिन्, ‘सक्छु। तर तपाइँसँग होइन।’ इस्टरको छुट्टीमा करनलाई बेनजीरको फोन आयो। त्यतिबेला दुवै युनियनको अध्यक्ष थिए। बेनजीरले भनिन्, ‘के म आफ्नी साथी अलीसियासँग केही दिनकालागि क्याम्ब्रिज आउन सक्छु?’
त्यतिबेलासम्म क्याम्ब्रिजको होस्टलमा बस्ने अधिकांश छात्र आफ्नो घर गइसकेका थिए। बेनजीरलाई बस्न दिन कुनै समस्या थिएन। त्यस कारण करनले बेनजीरलाई आउन भने।
https://www.youtube.com/watch?v=f4XnXmv0BRM







