चलचित्र कथा काठमाण्डुमा समावेश एउटा गीतमा उत्तेजक दृष्य दिएपछि नायिका प्रियंका कार्की यतिबेला विवादमा तानिएकी छन् र उनी विवादमा तानेपछि उनको र उनको प्रेमी अझ भनुँ इन्गेजमेन्ट गरिसकेका नायक आयुष्मान देशराजलाई लिएरपनि धेरैले प्रश्न उठाएका छन् ।
धेरैले आलोचना गरेका छन्, धेरैले युट्युबका कमेन्टमा निकै नकारात्मक कमेन्ट गरेका छन् ।
सायद यही कुराले पनि हुनसक्छन् नायिका प्रियंका कार्कीलाई यो कुराले थोरै तनाव दिएको छ । सायद त्यसकारणले गर्दा हुनसक्छ उनले आफ्नो प्रेम सम्बन्ध, आफ्नो जुन इन्गेजमेन्टको सम्बन्ध छ त्यसलाई अझ मजबुत गराउने कोसिस गरेकी छन् र आफूहरूको सम्बन्ध अझ मजबुत भएको भन्दै उनले एउटा सरप्राइज दिएकी छन् नायक आयुष्मान देशराज जोशीलाई ।
आखिर नायिका प्रियंकाले आयुष्मानलाई दिएको त्यो सरप्राइज के हो रु आजको यस भिडियोमा हामी जानकारी गराउनेछौँ । नायिका प्रिंयका कार्कीले चलचित्र कथा काठमाण्डुमा रातको के कुरा बोलको गीतमा दिएको एउटा उत्तेजक दृष्यले यतिबेला सर्वाधिक चर्चा पाइरहेको छ ।
कलाकार प्रमोद अग्रहरीसँग उनले जुन तरिकाले दृश्य दिएकी छन् त्यो दृश्यले नायिका कार्कीे छाडा दृश्य दिएको, कार्कीबाट यस्तो अपेक्षा नगरिएको त्यस्तैगरि प्रियंका र आयुष्मानको इनगेजमेन्ट अब तोडिन्छ भन्ने लगायतका अरु थुप्रै खालका चर्चाहरु, प्रतिकृयाहरु प्राप्त भएका छन् र ती प्रतिकृयाहरुमा प्रियंकाले खासै मुख खोलेकी छैनन् ।
आयुष्मान जोशी त झन् यो कुरामा मौन नै रहेका छन् । तर बेडसिनबारे पहिलो पटक मुख खोलिन् प्रियंकाले । हेर्नुहोस् भिडियोमा उनले के भनेकी छन् ।
dcnepal







