नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दुईजना पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई तत्काल रिहा गर्न माग गरेका छन् ।

महासचिव विप्लवले एक विज्ञेप्ती जारी गर्दै  यही साउन १० गते गिरफ्तार नेताहरूलार्इ  अपहरण शैलीमा गिरफ्तार गरेकाे भन्दै उनीहरूलार्इ तत्काल रिहा गर्न माग गरेका हुन् ।

अाफ्ना नेताहरूलार्इ अपहरण शैलीमा गिरफ्तार गरी बेपत्ता बनाएकोमा नेकपाका महासचिव विप्लवले गम्भीर चेतावनी दिँदै रिहा गर्न माग गरेका हुन् ।

काठमाडौँमा दुई दिनसम्म यातना दिई काभ्रेको धुलिखेलमा राखिएका धमला र कार्कीलाई भेट्न गएका मानवअधिकारवादी र पत्रकारसँग कुरा गरेका नेताद्वयले गिरफ्तार हुनेबित्तिक्कै आफूहरूको आँखामा पट्टी बाँधिएको, रातभरि सोधपुछका नाममा पिटेको, सुत्न नदिएको जनाएका छन् ।

लामाे विज्ञेप्ती निकालेर मासचिव विप्लवले गिरफ्तार अाफ्ना नेता कार्यकर्ताहरूलार्इ तत्काल रिहा नगरे कडा संघर्षकाे बाटाे अपनाउन तयार हुने चेतावनी समेत दिएका छन् ।

महासचिव विप्लवले निकालेको वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार