तनहुँ : बन्दीपुर- १ बेलभञ्ज्याङस्थित पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा परी १९ जना घाइते भएका छन्। रौतहटको चन्द्रौटादेखि पोखरातर्फ आउँदै गरेको ना ४ ख २९६३ नम्बरको ट्रक र पोखराबाट कटारी जाँदै गरेको ना ५ ख ३८३० नम्बरको बस ठक्‍कर खाँदा ट्रक चालकसहित १९ घाइते भएका हुन्।

बिहान सवा ६ बजे भएको घटनामा परी गम्भीर घाइते हुनेहरुमा सुर्खेत भेरीगंगा ५ निवासी २५ वर्षीय टोपबहादुर ओली, २० वर्षीय दलबहादुर ओली, सर्लाही हरिवन- ९ निवासी २७ वर्षीय गणेश कार्की, कास्की रुपा-२ बस्ने ५१ वर्षीया दीर्घमाया थापा र कास्की पोखरा- ७ निवासी ३४ वर्षीया भविसरा राना छन्।घाइतेमध्ये गम्भीर अवस्थाका पाँचजनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ।अन्य घाइतेहरु भने व्यास सीटी अस्पतालमा उपचारपश्चात घर फर्केको प्रहरीले जनाएको छ।

https://www.youtube.com/watch?v=yDLQvRbGN4o

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार