प्रधानमन्त्री केपी अाेलीकाेे राजिनामा माग गर्दै  नेपाली कांग्रेस सडक अान्दाेलनमा हाेमिएकाे छ ।

बढ्दोमहङ्गी र सरकारको सर्वसत्तावादी शैलीको विरोध गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

लोकतन्त्रिक पद्धतिको रक्षाका लागि भनेर कांग्रेस देशव्यापीरूपमा सडकमा उत्रिएको हो ।

काठमाडौंमा कांग्रेसले रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ । शान्ति बाटिकाबाट दिउँसो साढे २ बजे शुरु भएको प्रदर्शन असन, इन्द्रचोक, विशालबजार, न्युरोड हुँदै पुन: शान्तिबाटिकामा आएर कोणसभामा परिणत हुनेछ ।

देशैभर कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । नेपाली चेलीमाथि तुच्छ आरोप लगाउने कानून मन्त्री शेरबहादुर तामाङको केसमा प्रधानमन्त्री पनि जिम्मेवार भएकाले ओलीले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।

उनले वर्तमान ओली सरकार सर्वसत्ताबाद र अधिनायकबादतर्फ उन्मुख भएको आरोप लगाए । लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुने भएपनि वर्तमान सरकार प्रेसमाथी अनुदार भएकाले अधिनायकवादविरुद्ध पत्रकारपनि लड्नुपर्ने बताए ।

उनले वाइड बडी विमान खरिदमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले करोडौं भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरे । तिनिधिसभाका सांसद सूर्यबहादुर केसीले तीनै तहको सरकारले बढाएको करले उद्योग व्यवसाय धरासायी हुने चेतावनी दिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार