पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ चोर साँगुबाट मानीस हामफालेको आशंका गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ नयाँबजारका ३५ वर्षिय फडिन्द्र ढ्ङ्गाना घरबाट सम्पर्क बिहिन भएको र उनले प्रयोग गर्ने को २३ प ५७६८ नम्बबरको स्कुटर चोरसाँगुमा भेटिएकाले उनले चोरसाँगु बाट हामफलेको आशंकामा खोजी कार्य सुरु गरिएको कास्की प्रहरीले जनाएको छ । ढ्ङ्गानाले २ पाना लामो चिठी लेखेर छोडेको उनका दाई तारा ढुङ्गानाले बताउनुभयो ।

उहाँका अनुसार भाईको पारीवारीक अवस्था राम्रै भएपनि व्यवहारीक कारणले उनले सेतीमा हामफालेको हुन सक्ने अनुमान गर्नुभयो । उहाँले आफ्नो भाईले लेखेको चिठिमा ४०, ६० देखि ८० प्रतिशत सम्म व्याजमा पैसा चलाउने गरेको र ब्याकडेटको चेक दिएकाले उनको व्यवहार बिग्रिएको र सेतीमा हामफालेको हुनसक्ने दाजु तारा ढुङ्गानाले बताउनुभयो । पछिल्लो समय पोखरामा सेतीमा हामफालेर आत्महत्या गर्नेहरुको संख्या बढ्दैछ । केहि समय पहिला मात्र पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक विकास अधिकृत ओमराज पौडेलले पनि महेन्द्रपुलबाट हामफालेर आत्महत्या गरेका थिए । ढुङ्गानाले चोरसाँगुबाट हामफालेको आशंका गरेर प्रहरीले खोजी गरिरहेको छ हेर्नुहोस यो भिडियो ।

https://youtu.be/CACI0yRagus

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार