अत्तरीया । कैलालीमा छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकी छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका २ कुम्भियास्थित २१ वर्षीया सीतादेवी डंगौराले आफ्नो साढे चार वर्षका छोरा संकेतको हत्या गरेर उनले पनि आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
‘सोमबार हिजो दिउँसो सीताले छोराको हत्या गरेर आत्महत्या गरेकी हुन् । दुवैको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा लगिएको र पोष्टमार्टमको लागि लगिएको तर रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताएका छन् ।
। मृतकका श्रीमान लालबहादुर डंगौरा थारुले भने आमा छोराको शव ढोका लगाएर झुण्डिएको अवस्थामा फेला परेको बयान दिएको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रही प्रवक्ता वलीले बताएका छन् ।
https://www.youtube.com/watch?v=f4XnXmv0BRM







