नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई हात्ती र कम्युनिस्टलाई बोकाको संज्ञा दिएका छन्
आज सरकार बिरुद्ध गरीएको बिरोध सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने- “कम्युनिस्ट जतिसुकै ठूलो भए पनि कांग्रेसलाई भेट्न सक्दैन, ‘काङ्ग्रेस हात्ती हो कम्युनिस्ट बोका हो । हात्ती दुब्लाउनु र बोका मोटाउनु एकै हुन्न ।”


उनले सभामुख वा उपसभामुख मध्ये एकजनाले राजिनामा दिनु पर्ने समेत बताएका छन् । संवैधनिक ब्याबस्था अनुसार एकै पार्टीबाट सभामुख र उपसभमुख राखीनु नहुने भएकाले नैतिकताका आधारमा एक जनाले राजिनामा दिनु पर्ने उनको भनाई थियो । सरकारले दुई तिहाई बहुमतको भरमा जेपनि गर्न नमिल्ने उनको तर्क छ ।
यो पनि पढ्नुहोस :
काठमाडौँ उपत्यका सहित देशभरीबाटै मागियो प्रधानमन्त्री ओलीको राजिनामा, बालुवाटारमा मच्चियो ‘भागदौड’ !
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा भएको विरोध प्रदर्शनमा सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै कांग्रेसले देशब्यापी विरोध कार्यक्रम गरेको हो । प्रदर्शनका क्रममा ७७ जिल्लाका अधिकांस नेताहरुले प्रधानमन्त्रीकेपी शर्मा ओलीको राजिनामा मंगेका छन् । काँग्रेस केन्द्रीय सदस्य जीवन परियारले जोरदार रूपमा ओलीबिरुद्ध अभिव्यक्ति दिएका छन् ।

अधिनायकवादको विरोध, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, र महंगी नियन्त्रणका एजेण्डालाई अघि आन्दोलन शुरु गरेको कांग्रेसले काठमाडौं उपत्यकामा रत्नपार्कको शान्ति बाटिकामा विरोध र्‍याली र सभा आयोजना गरिएको छ ।

काठमाडौंमा शान्तिबाटिकाबाट दिउँसो साढे २ बजे सुरु भएको जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटिकामा आएर कोणसभामा परिणत हुने छ ।

कोणसभालाई कांग्रेसका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार