उत्रियो काँग्रेस जोशीको पक्षमा प्रधानमन्त्री ओली लाई दिए यस्तो चेतावनी ! काँग्रेसको अगाडी ओलीको केहि चलेन ? देशै भरि ओली सरकारको बिरुद्धमा जुलुस दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले माग गरेका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ३० वर्षसम्म विवाद नभएको प्रमाणपत्रमा अहिले विवाद गरिएको भन्दै गच्छदारले प्रधानन्यायाधीशमा जोशीकै नियुक्ति हुनुपर्ने माग गरे । ३० वर्ष न्याय सेवामा काम गरिसकेको व्यक्तिको प्रमाणपत्र छानबिन गर्नुपर्छ भन्नु बाहनामात्र भएको बताए ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने विषयमा संसदीय सुनुवाई समितिमा विवाद भइरहेका बेला गच्छदारले जोशीको नियुक्ति हुनुपर्ने माग गरेपछि प्रधानमन्त्री केपी ओली तनावमा परेका छन् ।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले न्यायपालिका र प्रशासनिक क्षेत्रमा हस्तक्षेप गर्ने नीति लिएर अघि बढेको भन्दै कांग्रेसलाई स्वीकार्य नहुने बताए । ‘संवैधानिक अंगमाथिको प्रहार कांग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य हुन्न, आम जनतालाई सरकारको विरुद्धमा कांग्रेसले सडकमा उतार्छ’ उनले भने ।

सरकारले दुई तिहाइको दम्भमा संविधान मिच्ने काम गरेको पनि उनले आरोप लगाए ।nepalpana

https://www.youtube.com/watch?v=f4XnXmv0BRM

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार