रसुवामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । चीनबाट सामान लिएर आएको ना ६ ख ४९२९ नम्बरको कन्टेनर गोसाइकुण्ड गाउँपालिका ५ मा भीरबाट २०० मिटर तल खसेको हो ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको र १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
घाइतेलाई धुन्चेस्थित अस्पतालमा राखिएको छ । गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलाइएको प्रहरीको भनाइ छ ।
यो पनि पढ़नुहोस :
महोत्तरीमा सर्पको टोकाईबाट ८ वर्षीय बालकको मृत्यु
बर्दिवास । महोत्तरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ।
कैलालीको अत्तरिया घर भई आफन्तको आश्रयमा बर्दिवास–१४ स्थित सिद्धार्थ आवासीय विद्यालयमा युकेजीमा अध्ययनरत ८ वर्षीय बालक दशरथ ऐरको आज सर्पको टोकाईबाट मृत्यु भएको हो।
विद्यालयको छात्रावासमा सुतेकै बेला सर्पले डसेको ऐरलाई आज बिहान मात्र सर्पदंश उपचार केन्द्र बर्दिवास पुर्याइएको थियो। केन्द्रमा पुर्याइँदा नै प्राविधिकले बालक जीवित नरहेको बताएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो।
सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत अर्का १३ वर्षीय आशीष ढकाललाई पनि सर्पले डसेको थियो। आशीष भने सघन उपचारले ठीक भएका छन्।
उनलाई भेण्टिलेटरसहितको सुविधा भएको ठाउँमा थप उपचारका लागि अभिभावकले जनकपुर अस्पताल पुर्याएका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।







