प्रधानमन्त्री ओलीलाई कांग्रेस नेता सिटौलाले दिए खुल्लम खुल्ला च्यालेन्ज ? ओलीको गयो सातो कमजोर बन्दै ओली नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुर्इ तिहार्इको दम्भमा केपी ओली नेतृत्वको सरकारलार्इ मनपरि गरिरहेकाेल आरोप लगाएका छन्।

तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई जस्तै अहिलेको कम्युनिस्ट सरकार मनपरि गरिरहेकाे उनले आरोप लगाए।

गृहजिल्ला झापामा मंगलबार सरकारविरुद्ध भएको प्रदर्शनपछि कोणसभामा बोल्दै नेता सिटौलाले कम्युनिस्ट सरकार सर्वासत्तावादी र अधिनायकवादी भएको आरोप लगाए। उनले संख्याको आधारमा सरकार तानाशाह बन्न खोजेको समेत आरोप लगाए ।

‘राजा ज्ञानेन्द्रलाई जस्तै सरकारलाई पनि मात लाग्यो । ज्ञानेन्द्रले जनता बिर्सेका थिए । शासन व्यवस्था आफ्नो हातमा लिएका थिए’, उनले भने, ‘दुईतिहाइ संख्याको आधारमा सरकार तानशाह बन्न खोज्यो ।’

द्वन्द्वकालका मुद्दा अझै बाँकी रहेको भन्दै सिटौलाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कम्युनिष्ट पार्टी एक हुँदैमा द्वन्द्वकालका पीडा नहराउने चेतावनी दिए । सिटौलाले प्रचण्डलाई आफ्नो इतिहास सम्झन आग्रह गरे ।

‘सपना र कल्पनामा उड्दै हुनुहुन्छ । तपाईं होसमा हुनुहुन्न । धेरै नमात्तिनुस्’, सिटौलाले भने, ‘जनतालाई नछाड्नुस् । जनताभन्दा ठूलो कम्युनिष्ट पार्टी होइन ।’ संविधानअनुसार शासन गर्न प्रधानमन्त्रीलाई सिटौलाले आग्रह पनि गरेका छन् ।
nepalpana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार