लात्कारका कारण विश्वभर बदनाम बनिरहेको भारतले एउटा बलात्कारसम्बन्धी कडा कानुन संसदबाट पारित गरेको छ। अपराधिक कानुन संशोधन विधेयक २०१८ सोमबार तल्लो सदन लोकसभाबाट पारित भएको हो।

यो विधेयकमा १२ वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने प्रावधान छ। १६ वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई कम्तिमा २० वर्षदेखि बढीमा आजीवन जेल सजाय हुने प्रवाधान राखिएको छ। लोकसभाबाट विधेयक पारित हुँदा सबै दलले समर्थन जनाएका थिए।

कानुन बन्नका लागि यो विधेयक अब माथिल्लो सदन राज्यसभामा पेश हुनेछ। त्यहाँबाट पारित भएपछि यसले कानुनको रुप लिनेछ। यो कानुन कार्यान्वयनमा आएपछि १२ वर्षभन्दा कम उमेरका बालिका बलात्कारका दोषीले मृत्युदण्ड पाउनेछन्।
यो पनि पढनुहोस :
पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्रै
नेपाल एउटा सानो देश हो । यो थोरै मात्रामा शहरी एरिया रहेको गाउँ नै गाउँले घेरिएको, प्राकृतिकरुपमा अत्यन्तै सुन्दर सफल मुलुक हो ।

विगतमा महिला भनेको घरभित्रै चुलो चौकोमा सीमित हुनुपर्ने जातका रुपमा लिईन्थयो भने अहिले देश विकास र निर्माणका क्रममा आधा हिस्सा ओगटेका महिलाको पनि सबै क्षेत्रमा बराबरी हुनुपर्ने विषयमा कानुनीरुपमै व्यवस्था हुँदै आएको छ ।

आजको नेपाल समाचारपत्रमा स्वास्थ्य मन्त्रालयले कन्डम बाँड्ने, गृह मन्त्रालयले अपराधी ठान्न्ने ? पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्र ? शिर्षकमा यो खबर छापिएको छ ।

राज्यले मानवीयरुपमा सबै मानिसलाई हेरोस् र यौनकर्मी महिला पनि यही देश र समाजका नागरिक हुन् भन्ने कुरा नविर्सियोस् ।
समस्यालाई सम्बोधन गर्न अघि बढ्नुपर्छ ।

होटल रेस्टुरेन्टमा यतिजना महिला कन्डमसहित समातिए, आपत्तिजनक अवस्थामा समातिए भनिरहँदा त्यहाँ जाने पुरुष को थिए भन्ने किन सार्वजनिक गरिन्न ?

यौनजन्य कार्यमा महिलामात्र हैन पुरुष नै पहिला जान्छन् र महिलालाई बाध्य पार्छन् ।

यौनको प्यास मेटाउन यौनकर्मी महिलाको खोजी गर्दै पुग्छन् र आफ्नो काम सकेपछि महिलालाई विभिन्न लान्छना लगाए कन्डमसहित पक्राउ गरेको भनी बदनाम गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार