सत्ताधारी नेकपाभित्र आन्तरिक किचलो उत्कर्षमा पुगेपछि साे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अाफ्नाे पदबाट राजिनामा दिएका छन् ।

अध्यक्ष ओलीसँगको विवाद बढ्दै गएपछि श्रेष्ठले राजिनामा दिन बाध्य भएको बताइएको छ । विशेष स्राेतका अनुसार उनले गत शनिबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् ।
प्रवक्ता श्रेष्ठलेे पार्टी नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए । ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए ।
अर्का अध्यक्ष दाहालले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा काँग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको विशेष स्राेतले बतायाे ।
स्रोतका अनुसार राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन् ।
वरिष्ठ नेता नेपाल कम्बोडियाबाट सोमबार स्वदेश फर्किएलगत्तै अध्यक्ष ओलीले सो जिम्मेवारी दिएका हुन् । तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका प्रवक्ता श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा नरहेको सार्वजनिक भएको छ ।
सत्ताधारी नेकपाभित्र यस घटनाले सिंगाे पार्टीलार्इ ठूलाे संकट निम्ताएकाे बतार्इएकाे छ ।







