भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन्।

गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका चापागाईंले घरायसी विवादकै कारण सुतिरहेको छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको पोखरेलले बताए।

छोराको हत्या गरी घरको एक तला माथिबाट हामफाली कोटेश्वरतर्फ भाग्दै गरेका डिल्लीरामलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त थिमिमा राखेर घटनाबारे थप अनुसन्धान थालेको छ।

यो पनि पढ्नुहोस :

१ महिना कैद छल्न फरार व्यक्ति २५ वर्षपछि पक्राउ

। २५ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ ।

जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

२०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीव्रता दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार