एजेन्सी । १४ वर्षीया एक किशोरीको घाँटीबाट चिकित्सकले ९ वटा सुई निकालेका छन्। घाँटीमा रोपिएका ९ सुई सहित ती किशोरी अस्पताल पुगेपछि चिकित्सकनै अचम्मित बनेका थिए।
यो घटना भारतको पश्चिम बंगालको हो। घाँटीमा रोपिएका ९ सुई सहित कोलकत्ताको एक सरकारी अस्पतालमा पुगेकी ती किशोरीको शरीरबाट सुई निकाल्न चिकित्सकलाई तीन घण्टा लागेको थियो। सुरुमा त उनीहरुले एउटा मात्र सुई अड्किएको हुनसक्ने आशंका थिए। तर घाँटीमा ९ वटा सुई देखेपछि चिकित्सक नै अचम्मित बनेका थिए।
चिकित्सकले पहिले त ती युवतीले सुई निलेको अनुमान गरेका थिए। तर ती सुई घाँटीको पछाडिको भागबाट रोपिएकाले तन्त्रमन्त्र गर्ने व्यक्तिले लगाएको पत्ता लागेको थियो।
त्यहाँको नादिया जिल्लाको कृष्णनगरकी अपारुणा विश्वासको घाँटीमा सुई रोपिएको थियो। गएको जुनमा पनि मुंबईका एक डाक्टरले एक बालिकाको घाँटीमा अड्किएको दुई इन्चको इयरिङ ८ दिनपछि निकाल्न सफल भएका थिए। खुसी सोनी नामकी ती बालिकाले आफ्नै घरमा खेल्ने क्रममा घाँटीमा इयरिङ अड्काएकी थिइन्।







