
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वारिष्ठ नेता भीम रावलले पार्टीकै नीति विरुद्ध एक रेडियाे अन्तरवार्ताकाे कार्यक्रममा खुलेरै बाेलेका छन्।
संविधान अनुसार उनी सहि बाेलेपनि पार्टीकाे लागि भने नपच्ने कुरा बाेलेका छन्। एमाले र माओवादी एकता भएपछि रावलको भूमिका कमजोर देखिएको छ । खरो रूपमा राष्ट्रिय राजनीतिमा उत्रने छवि बनाएका रावल पछिल्लो समय भूमिका विहीन बनेका छन्।
सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन भनेर प्रमुख प्रतिपक्षी कांग्रेसले आवाज उठाइरहेको छ भनी गरिएकाे प्रश्नमा उनले भने,’कांग्रेसले कुन संवैधानिक वा कानुनी दृष्टीकोणबाट आफ्नो कुरा राखेको छ र हाम्रो तर्फबाट कुन दृष्टीकोणबाट कुरा राखिएको छ भन्ने कुरामा मलाई जानकारी छैन । पार्टीभित्र पनि छलफल भएको छैन।’
उनले थप्दै भने सबैभन्दा पहिले त कांग्रेसले कुन संवैधानिक वा कानुनी दृष्टीकोणबाट आफ्नो कुरा राखेको छ, त्यसमा हाम्रो तर्कहरु के छन् भन्ने कुरा जानकारी हुनुपर्छ । तर संविधानमा चाँही एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न पाउँदैन भनेर प्रष्टसँग लेखेको छ।’ ।







