अधिनायकवादी गतिविधिले चौतर्फी आलोचित केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध हतियार समेत उठ्ने भएको छ। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ओली नेतृत्वको कम्युनिस्ट सरकार भारतसँग लम्पसार परेको भन्दै हतियार उठाउने घोषणा गरेको हो।

नेपाल र भारत बीच शान्ति तथा मैत्री सन्धि भएको ६९ औं वर्ष प्रवेशका अवसरमा मंगलबार माइतीघर मण्डलामा ग्रेटर नेपालको नक्सा अंकित ब्यानरसहित प्रदर्शन गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले ग्रेटर नेपाल प्राप्तिका लागि अब हतियार उठाउने घोषणा गरे।

नेपाल र भारत बीच सन् १९५० जुलाई ३१ तारिखका दिन शान्ति तथा मैत्री सन्धि भएको थियो। उक्त सन्धिको घारा ८ ले नेपाल र बेलायतबीच भएको सुगौली सन्धि रद्द गरेको र धारा १ ले टिस्टादेखि सतलजसम्म नेपालको क्षेत्रीय अखण्डता कायम गरेको तर नेपाल र भारतले सन्धिको कार्यान्वयन नगरेको हुँदा उक्त सन्धिको धारा १ र ८ को अक्षरशः कार्यान्वयनको माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले दिन पारेर ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेको हो।

उक्त कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपाल र भारत दुबैले उक्त सन्धिको धारा १ र ८ को कार्यान्वयन तत्काल गर्नुपर्ने माग गरे । उनले ‘नेपाल–भारत प्रबुद्ध समूहले यदि धारा ८ को प्रावधान हटाएको पाइए त्यसले ग्रेटर नेपाल प्राप्तिका लागि हतियार उठाउने बाटो खोल्नेछ’ भनी नेपाल र भारत दुबै देशका सरकारलाई चेतावनी दिए।

mediadabali

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार