सिन्धुली जिल्लामा रहेको ‘ग्रामीण विकास समाज’ नामक एनजिओ चलाउँदै आएका त्यस संस्थाका अध्यक्ष निदेश अधिकारीले आफ्ना महिला कर्मचारीहरुलाई यौन शोषण गर्ने गरेको खुलासा भएको छ ।

कमलामाई नगरपालिकाको माझिटारमा कार्यालय राखेका अधिकारीले एनजिओमा काम दिने भन्दै यौन शोषण गर्ने गरेको आरोप छ । अधिकारीले कर्मचारीहरुलाई तलव दिने बेला आनाकानी समेत गर्ने गरेका छन् । उनले एनजिओका नाममा लाखौँ रकम अनियमितता गर्दै आएका छन् ।

अधिकारीको एनजिओले खानेपानी, स्वास्थ्य, गरिवी निवारण, महिला समूह चलाउने लगायतका काम गर्दै आएको छ । काठमाडौंबाट गरिव जनताका नाममा पैसा ल्याएर अधिकारीले दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । अख्तियारले अधिकारीको एनजिओको गतिविधि र आर्थिक अनियमितताका बारेमा छानविन गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

स्थानीय पीडितहरुका अनुसार अधिकारीले महिला कर्मचारीहरुलाई यौन शोषण गरेको आरोप लागेपछि पीडितका आफन्तले आक्रोश व्यक्त गरेका छन् । पीडितहरुले अध्यक्ष अधिकारीविरुद्ध स्थानीय प्रशानमा महिला हिंसाविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिने तयारी गरेको एकजना पीडितले जनाएका छन् ।

समाजका अध्यक्ष अधिकारीकी पत्नी पनि पतिको क्रियाकलापका कारण आजित बनेकी छिन् । एनजिओका महिला कर्मचारीलाई यौन शोषण गरेको थाहा पाएपछि पत्नीले तीन पटक आत्महत्याको प्रयास समेत गरिसकेको छिमेकीहरुले बताएका छन् । अध्यक्ष अधिकारीको घर दुधौली नगरपालिका वडा नं. १ बँकाडाँडा घर पर्छ ।
mediadabali

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार