अहिले समाज बद्लिएको छ । बच्चाका लागि यौन सम्पर्क गर्ने पुरातन धारणा फेरिएको छ । सन्तानका लागि बच्चा जन्माउनैपर्छ भन्ने मान्यता पनि ध्वस्त हुँदैछ । केवल उन्मुक्त यौनको आनन्द लिने संस्कृति एकातिर विकास हुँदैछ भने अर्कोतिर विवाह नगरी नै सन्तानका माता वा पिता बन्ने ट्रेन्ड पनि मौलाउँदो छ ।
अहिलेका जोडीहरु विवाहपछि जमेर सेक्सको मजा लुट्न खोज्छन् तर बच्चा जन्माउन भने चाहँदैनन् । अझै कैयौं युवायुवती त यस्ता हुन्छन जो विवाह नगरिकनै यौनको मजा लिइरहन्छन् ।नवविवाहित जोडीहरु सकेसम्म धेरै पटक यौन सम्पर्क राख्न चाहन्छन् । यसको पछाडि उनीहरुको उद्देश्य केवल सेक्सको मजा लिनु नै हुन्छ । बच्चालाई जम्न दिने बारेमा उनीहरुले सोचेका हुँदैनन् । यदि गर्भ बस्यो भने त्यसलाई तुहाउन उनीहरुलाई केही बेर पनि लाग्दैन ।
प्रत्येक दम्पतीले सन्तान कहिले र कति अन्तरालमा जन्माउने भन्ने सोच्नुपर्ने हो तर आजभोली धेरै जोडीहरु भने सन्तान नजन्माइ यौनसुखमात्रै प्राप्त गर्न चाहन्छन् ।युवापुस्तामा मातृत्व र पितृत्वको भावना कम हुँदै गइरहेको छ । महिला र पुरुष बीचको सम्बन्ध केवल यौन सुखसँग मात्रै जोडिन थालेको छ । यसै कारण युवा दम्पतीहरु आमाबुबा बन्न बाट पन्छिन्छन् ।







