पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका ८ गोप्चा मा गाडीको ठक्करबाट १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
नेपालगन्ज देखी धनगढी जाँदै गरेको से १ ज ६३५ नम्बरको (भ्यान )विङ्गर ले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकल यात्रीले बाटो काट्ने क्रममा भ्यानको ठक्करबाट मृत्यु भएको र भ्यान बिजुलीको पोलमा ठोक्किँदा भ्यानमा सवार ७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भई रहेको र मृतको अहिलेसम्म परिचय नखुलेको प्रहरीले बताएको छ ।
widekhabar
यो पनि पढ्नुहोस :
१० वर्षीया बालिकालाई करणी गर्ने ५४ वर्षीय व्यक्ति पक्राउ
श वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् ।

उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो ।

घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएर स्थानीय अधिकारकर्मीको अगुवाइमा प्रहरीमा जाहेरी दिएपछि संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार