दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् ।
उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो ।
घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएर स्थानीय अधिकारकर्मीको अगुवाइमा प्रहरीमा जाहेरी दिएपछि संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले बताउनुभयो
यो पनि पढ्नुहोस :
बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली विद्यार्थीले गरे आत्महत्या, यस्तो रहेछ कारण
काठमाडौं । बंगलादेशमा एमबिबिएस अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। एमबिबिएसको पढाइ सकेर एक साताअघि मात्र इन्टर्सिप सुरु गरेका राजिव श्रीवास्तवले बुधबार आत्महत्या गरेका हुन्।
उनले ढाकास्थित कम्युनिटी बेस्ड मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरेका थिए। पढाइ सकेपछि हालै मात्र अस्पतालमा इन्टर्नसिप गर्न सुरु गरेका उनले कलेजका प्रिन्सिपलसँगको विवादका कारण आत्महत्या गरेको खबर बाहिर आइरहेको छ। बंगलादेश प्रहरीले भने आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
कलेजले उनीसँग अतिरिक्त शुल्क माग गरेपछि विवाद बढेको त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले जनाएका छन्।श्रीवास्तवले आत्महत्या गरेपछि कलेजका प्रिन्सिपल मिर्जा मन्जुरुल हकले ‘आत्महत्या सामान्य कुरा हो’ भनेपछि नेपालीसहित बंगलादेशी विद्यार्थी आक्रोशित बनेका छन्।
नेपाली विद्यार्थीका अनुसार श्रीबास्तावले होस्टलको कोठामा बुधबार बिहान साढे ११ बजे झुन्डिएर आत्महत्या गरेका हुन्। उनी होस्टलको कोठा नम्बर ३२० मा बस्दै आएका थिए। उ
उनीसँगै रहेका साथी बाहिर गएको समयमा उनले आत्महत्या गरेका हुन्। उनको बिहीबार मेमेनसिङ मेडिकल कलेजको शिक्षण अस्पतालमा पोस्टमार्टमा हुने बताइएको छ।
उनका आफन्त बिहीबार बंगलादेश पुग्ने बताइएको छ। गत वर्ष पनि बंगलादेशको पायोनिय मेडिकल कलेजमा अध्यनरत एक छात्राले पनि आत्महत्या गरेकी थिइन्।
news 24nepal







