विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले जनदबाब सिर्जना गर्न र सडकमा संघर्ष गर्ने अवस्था आउन नदिनेतर्फ सरकार गम्भीर हुनुपर्छ भन्दै संसद्मा अवरोध र सडक संघर्ष गरेर मुलुकको समस्या समाधान नहुने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले नेपाली काँग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न आग्रह गर्दै संसद् र न्यायपालिका पार्टीको बन्धक नबनोस् भन्नुभयो ।

अध्यक्ष थापाले देश संघीय संरचनामा प्रवेश गरिसकेपछि आफ्नो पार्टी पनि सोहीअनुसार अघि बढ्ने भन्दै हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र हाम्रो पार्टीको उच्च प्राथमिकता हो भन्नुभयो ।
पनि पढ्नुहोस :
बानेश्वरमै यसरी तेर्स्याइएकाे थियाे सांसदकाे घाँटीमा पेस्ताेल, संसदीय सुुनुवाइ समितिद्वारा निन्दा
संसदीय सुुनुवाइ समितिले सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेकाे छ । समितिको बुधबार बसेकाे बैठकले सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन समेत दिएको छ ।

समितिका संयोजक लक्ष्मणलाल कर्णले सांसद पालमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको र सांसदहरुको सुरक्षाका लागि संसद् सचिवालयलाई पहल गर्न निर्देशन दिएको बताउनुभयो ।

समितिका सदस्यमा सुरक्षा खतरा देखिएपछि आजै सात जना सदस्यलाई सुरक्षाको व्यवस्थासमेत गरिएको छ ।

यसरी भयो आक्रमण

सांसद निरुदेवी पालमाथि मंगलबार साँझ ८ः१५ बजे दूध लिनका लागि मध्यबानेश्वरस्थित निवासबाट घर बाहिर निस्कएका बेलामा आक्रमण भएको हो ।

सांसद पालले भन्नुभयो, “घर बाहिरको सडकमा निस्किएलगत्तै एक व्यक्तिले घाँटीमा अठ्याएर पेस्तोल तेस्र्याएर मेरो हातको मोेबाइल खोस्यो, भोलिको बैठक (संसदीय सुनुवाइ) मा गइस् भने मारिदिन्छु ।”

मंगलबारको घटनाबारे कुरा गर्दै उहाँले भन्नुभयो, “कराइस् भने अहिले नै सिध्याइदिन्छु भन्यो, त्यसपछि त्यो व्यक्ति कता गयो मलाई त्यति होस् भएन, नजिकै तीन/चार जना अरु मानिस पनि थिए, ती कता गए थाहा भएन ।”

घटनालगत्तै सांसद पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमाथि भएको घटनाका बारेमा टेलिफोनमार्फत जानकारी गराउनु भएको थियो ।

संसदीय सुनुवाइ समितिको बैठक प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्रीले उक्त घटना सार्वजनिक नगर्न भन्नुभएपछि आफूले परिवारका सदस्यलाई पनि भन्नुभएन ।

बुधबारको संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी गराएपछि सो घटना सार्वजनिक भएको हो । आजै उहाँसहित समितिका सात सदस्यलाई सुरक्षा व्यवस्था गरिएको छ । (रासस)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार