नेकपाका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि उनी पार्टीमा नरहने याेजना बनाइरहेका छन्। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबार केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिए लगत्तै बाहिरिएका थिए।
दुवै अध्यक्षले पालैपालो स्पष्टीकरण सोधेपछि प्रवक्ता श्रेष्ठले ‘मैले किन भेट्न नपाउने ?’ भन्दै झोक्किएर राजीनामाको घोषणा गरेको र थोरै शब्दको राजीनामापत्र लेखेर बाहिरिएको एक नेताले बताए । ‘त्यसो भए मलाई यो प्रवक्ता पद चाहिएन, मैले राजीनामा दिएँ भन्दै लिखित राजीनामापत्र बुझाएर उहाँ बैठकबाट बाहिरिनुभो,’ ती सचिवालय सदस्यले भने । नेता श्रेष्ठ बैठकबाट बाहिरिएपछि अाफ्ना निकटका नेताहरुसँग थाेरै समय कुरा गरी अाफ्नाे बाटाे लागेकाे स्राेतले शताएकाे छ।
स्रोतका अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन् । वरिष्ठ नेता नेपाल कम्बोडियाबाट सोमबार स्वदेश फर्किएलगत्तै अध्यक्ष ओलीले सो जिम्मेवारी दिएका हुन् । तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका प्रवक्ता श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा नरहेको स्रोतले जनाएको छ ।
नेता श्रेष्ठ पार्टीका शीर्ष नेताहरूसँग सम्पर्क नगरेर अाफु निकटका नेताहरुसँग छलफलमा जुटेकाे स्राेतका भनार्इ छ। स्राेतले दिएकाे जानकारी अनुसार सही कुराकाे पक्षमा लाग्दा पार्टीबाट हप्कीदप्की खानुभन्दा पार्टीबाट अलग्गिए राम्राे हुने साेचमा नेता श्रेष्ठ रहेका छन् । जसकारण उनले यस विषयमा गाेप्य रुपमा छलफल गरिरहेका छन्। zestkhabar बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार