अर्थमन्त्री डा. युवराज खतिवडाले अबको छ वर्षपछि नेपालमा रेलबाट १०-२० लाख पर्यटक नेपाल आउन सक्ने बताएका छन् ।पर्यटन मन्त्रालयले बिहीबार आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा उनले पर्यटन पवर्द्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘३०, ४०, ५० किलोमिटरका रेल्वे स्टेशन बनाउन सकिन्छ,’ उनले भने, ‘जस्तै हामीले नागढुंगा-धुलिखेलको योजना अघि बढाएका छौं ।’
खतिवडाले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्राउन सकिने बताए । ‘अबको १० वर्षमा ५० लाख पर्यटक ल्याउन गाह्रो छैन तर त्यसका लागि केही काम गर्नुपर्ने छ ।’
त्यसकालागि क्षेत्रिय विमानस्थल बढाउनुपर्ने र फ्लाइट दोब्बर गर्नुपर्ने बताउँदै उनले भने, ‘कम्तिमा एक सय फ्लाइट चाहिने मैले देखेको छु ।’ नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्ने र होटेल पनि थप्नुपर्ने बताउँदै उनले होटेल खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । onlinekhabar बाट
https://www.youtube.com/watch?v=yDLQvRbGN4o







