काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई सुदृढ हुन नदिन देशी विदेशी पूँजीवादीहरुले षडयन्त्र गरिरहेको दावी गरेका छन् । तुलसीलाल स्मृति प्रतिष्ठानले बिहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुराको खुलासा गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीविरुद्ध भइरहेको षडयन्त्रलाई परास्त गर्न एकजुट हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले मुलुक नयाँ संरचनामा गएकाले केही गल्ती हुने भन्दै त्यसलाई सच्याएर अघि बढन सरकारलाई समेत सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले बलियो सरकार बनाएर विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ सन्देश दिएको दावी पनि गरे ।
ratopati
यो पनि पढनुहोस :
कांग्रेसले संसदीय अभ्याससमेत गर्न नदिएको प्रधानमन्त्री ओलीको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय अभ्याससमेत गर्न नदिएको आरोप लगाउनु भएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक भनिने कांग्रेसले बहुमतको निर्णय नमानेर संसदीय व्यवस्थाकै अपमान गरिरहेको टिप्पणी गर्नुभएको हो । काँग्रेसले ‘छाडातन्त्र’ ल्याउने खालका गतिविधि गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई लम्बिएकोतर्फ संकेत गर्दै सुनुवाई समितिलाई आफ्नो ढंगले काम गर्न नदिएको दावी पनि गर्नुभयो ।

कम्युनिस्ट एकता प्रक्रिया अगाडि बढेसंगै आत्तिएको शक्तिले सरकारलाई ठीक ढंगले काम गर्न नदिन ‘अधिना

यकवाद’को हौवा पिटिरहेको उहाँको भनाइ थियो । यस्तै, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ हुन नदिन आन्तरिक र बाह्य षड्यन्त्र भइरहेको दावी गर्नुभएको थियो । अस्थिरता मच्चाउनेविरुद्ध कडारुपमा प्रस्तुत हुँदै हरेक बाधा र व्यवधानलाई चिर्न पार्टीका नेता–कार्यकर्ता एकतावद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले मुलुक नयाँ संरचनामा जाँदा हुनसक्ने गल्तीलाई सच्याएर अगाडि बढ्नुपर्ने पनि बताउनु भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार