प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले समिति घोषणा गरेका छन्।
बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले १० वटा समितिका सदस्यको नाम मनोनयन गरेका हुन्। महराले बैठकमा नाम घोषणा गर्दा नेपाली कांग्रेसका सांसदहरू भने उठेका थिए।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा गरी १० समिति रहने व्यवस्था छ।
यो पनि पढ्नुहोस :
‘हिम्मतवाली’का हिरो सुदर्शन मानव तस्कर-रेड नोटिस जारी गर्दै, खाल्डा पुर्दै लामा भिक्षुहरु !
मुलुक विकासको ठुलो हिस्सा बराबरको रकम सेटिङ, कमिशन, घुस बनेर मन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरुको खातामा वर्षाैसम्म गईर¥यो । सिधै नगएपनि आफन्त र नातेदारको खातामा निरन्तर गयो ।
तालमेल नमिलेको एउटा गज्जबको कुरा के छ भने देशका हरेक प्र्रधानमन्त्री, मन्त्रीहरु सुशासनको भाषण दिएको दिएकै छन् तर घुसखोरी रोकिएको कतै देखिदैन । घुस खाएर किनेको ठुलो टिभिमा घुसखोरी अन्त्य गर्छौ भनेर मन्त्रीहरुले गरेको भाषण हेर्नेहरु कति हाँस्दा हुन् ।

ध्यान दिएर र ज्यान दिएर खोज्ने खोतल्ने हो भने अकुत सम्पत्ती कमाउनेहरु अनगिन्ति भेटिन्छन् । एउटा सार्वजनिक पदमा भएको व्यक्तिको सम्पत्ती चेक गर्दा उसको परिवार,आफन्त,माइति पट्ट्र्रीको,ससुराली पट्टीका आमा पट्टिका मामा पट्टीका वरिपरि रहेका मित्र मण्डली र तिनका सपरिवार पट्टीका देखि लिएर गोरु बेचेको साइनो पट्टीका समेतका सबका बैंक खाता चेक नगरिकन चरो मुसो पत्ता लाग्दैन ।

चिठ्ठा परेको छैन, अपुताली पाएको होइन, उद्योग धन्दा कलाकारखाना छैन तर लाइफ स्टाइल भिभिआइपी कसरी सम्भव छ ? त्यसैले सम्पत्ती विवरण माग्दा सम्बन्धित मन्त्रीको मात्र मागेर हुँदैन उनिसँग सम्बन्धित सबका सबको विवरण मगाउनु पर्छ । विगतमा विशेष गरेर मन्त्रीका स्वकिय सविच, सल्लाहाकारहरुले मन्त्रीका लागि कमिशन घुस मागिदिने परम्परा थियो ।

मलाई लाग्छ त्यो महान परम्परा अहिले सम्पत्ती कायम छ । अहिले पनि केही मन्त्रीका सल्लाहाकारहरु वा आफन्तहरु विवादित र शंकास्पद व्यक्तिहरु छन् । के मुलुकका सारा मन्त्रीका सल्लाहाकार, सहयोगी र स्वकिय सचिवहरुले आफ्नो व्याक ग्राउण्ड चेक गराएका छन् ?

मन्त्रीका वरीपरी बस्नु भनेको देशको महत्वपुर्ण कागजातहरु, सुचनाहरुमा पहुँच राख्नु हो । कुनै समारोहमा मन्त्रीसँग एउटा फोटो खिचेको आधारमा आँफुलाई मन्त्रीको सबैभन्दा प्यारो मान्छे हुँ भनेर र त्यसै आधारमा बिहानको ब्रेक फाष्ट देखि रातिको मदिरा सम्म फ्रिमा धोक्नेहरुको कमी छैन् ।

यो विषय गम्भीर छ । काम मिलाइदिन्छु भनेर, ठेक्का पारिदिन्छु भनेर मात्र होइन, एक पटक भेटाइदिन्छु भनेर पनि पैसा खाने आसेपासेबाट देशका धेरै मन्त्रीहरु घेरिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा काम गरेकै भरमा सर्वसाधारण मान्छेको १२ लाख खाने व्यक्तिको बारे त देखाइ नै सक्यौ ।

विगतमा सरकारी पदहरु पैसा लिएर बेच्ने मन्त्रीका स्वकिय सचिव सहयोगी, सल्लाहाकारहरु को हुन् विधि प्रयोग भएको छ । कतिपय मन्त्री पत्नीहरु र पतिहरु यो यो कामको यति यति पैसा पर्छ भनेर रेट कार्ड नै लिएर बस्नु हुन्थ्यो रे । वर्तमान सरकारलाई आग्रह छ, सकिन्छ यो सम्पत्ती शुद्धीकरणमा कुर्सी भन्ने चिजले नराखौँ ।

सर, म्यामहरु धेरै बस्नु भो अब दौडाऔ र विगतमा भएका यस्ता भ्रष्टाचार खोजी खोजी बाहिर ल्याआँै । हिजोको कर्तुत निकाल्न सकिन्न भने आजकालाई रोकौ । सारा सल्लाहाकार, सहयोगी, स्वकीय सचिवहरुको इतिहास तिनको कारोवार, तिनको सम्पत्ती , तिनको क्रिमिनल रेर्कड देखि लिएर सम्पुर्ण विवरण चेक गरौँ ।

एउटा समितिले तिनका उजुरीमा अन्तरवार्ता गरोस् र त्यसपछि मात्र अनुमोदन गरोस् । तिनको टेलिफोन कलहरु रेकर्ड गरियोस्, प्राइभेट च्याट, भाइबर, ह्वाट्सएप, विइच्याट, म्यासेन्जर को सारा पासर्वड मन्त्रीपरिषदले राखोस ताकी तिनका गतिविध सधै थाहा पाउन सकियोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार