काठमाडौं । वर्षौदेखि निमार्णाधिन बौैैद्ध सडकखण्ड समयमा काम सम्पन्न नभएपछि बर्खामा हिलो र हिउँदोमा धुलो सधैभरी हुन्छ । सडक निर्माणमा भएको ढिलासुस्तीविरुद्ध स्थानीयले पटक पटक आन्दोलन गरिरहेका छन् ।
तर बिहीबार बिहान भने बौद्ध स्तुपा अगाडिको सडकमा प्रेरक दृश्य थियो । बौद्ध धर्मालम्बी भिक्षुहरुले सरकार र सडक विभागको विरोध नगरी आफ्नै पहलमा सडकमा गिट्टी बिछ्याइरहेका थिए, सडकका खाल्डा परिरहेका थिए ।

धार्मिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको बौद्ध क्षेत्रमा स्थानीय सँगै दैनिक सयौको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् । तर बौद्धस्थीत सडक खण्डको हिलोका कारण सबैको यात्रा कष्टकर हुने गरेको छ ।
सरकार विरोध मात्रै गर्नु भन्दा आफ्नो ठाँउबाट गर्न सकिने काम गरिएका बौद्ध भिक्षुहरुको भनाई छ । सडक विभागलेसमेत गिटी विछ्याउन नसक्दा यो बाटो हिड्नेहरु कष्टकर यात्रा गर्न बाध्य छन् । सरकारको मात्रै आलोचना गर्ने परिवेशमा बौद्ध भिक्षुहरुले देखाएको काम प्रेरणादायी छ ।








